४ श्रावण २०८३, सोमबार

 

गरिमा कप क्रिकेट: यी टिम पुगे सेमिफाईनल

अन्तर विद्यालय स्तरीय दोस्रो गरिमा च्याम्पियनसिम क्रिकेट प्रतियोगिताको चौथो दिन सोमबारसम्म सेमिफाईलन भन्दा अघिल्लो चारणका सवै खेलहरु सकिएका छन् ।

डिग्नीटी कजेल र गरिमा आवासिय माविले आयोजना गरेको प्रतियोगितामा १७ विद्यालयको सहभागिता थियो । अहिलेसम्मका खेलबाट चार उत्कृष्ट टिम सेमिफाईनल पुगेका छन् भने त्यसबाहेक अरु टिम बाहिरिएका छन् । सिमिफाईनल र फाईनल चरणका खेलसहित प्रतियोगिता मंगलबार सकिने खेल संयोजक केदार पौडेलले जानकार दिए ।

अमर आदर्श आवासिय मावि, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, भिमसेन मावि र फ्युचर ब्राईटर आवासिय मावि सेमिफाईल प्रवेश गरेका हुन् । मंगलबार हुने पहिलो सेमिफाईनल अमर आदर्श आवासिय मावि र धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानबीच हुने डिग्नीटी कलेजका क्याम्पस प्रमुख श्यामप्रसाद शर्माले जानकारी दिए । अर्को सेमिफाईनल भिमसेन मावि र फ्युचर ब्राईटर आवासिय माविबीच हुनेछ ।

सोमबार सेमिफाईनल भन्दा अघिल्लो चरणका तीन वटा खेल भएका थिए । तीन मध्ये दुई खेल क्वाटरफाईनल र एउटा खेल द्रोस्रो चारणको हो । न्युओएसिस आवासिय मावि र भिमसेन माविबीच भएको अर्को खेलमा भिमसेन ७ रानले विजयी भयो । भिमसेनका सागर कार्की उत्कृष्ट खेलाडी बने ।

धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान र धौलागिरी बहिरा आवासिय माविबीचको खेलमा प्राविधिक शिक्षा प्रतिष्ठान २ रनले विजयी भयो । प्रतिष्ठानका अर्विनकुमार महतो उत्कृष्ट खेलाडी भए ।

आयोजक गरिमा वि र धौलागिरी बहिरा आवासिय माविबीच भएको दोस्रो चारणको खेलमा ३ विकेटले धौलागिरी बहिरा आवासिय मावि विजयी भएको छ । विजयी टिमका खेलाडी विकास शाह उत्कृष्ट खेलाडी बने ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung