५ कार्तिक २०८३, बुधबार

 

किन राेजे जनताले अधिनायकवाद ?

राजेशचन्द्र राजभण्डारी
अहिले भएको प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनकाे नतिजा हेर्दा खेरि देश अधिनायकवादकाे यात्रामा लाग्ने संकेत देखिन्छ ।साच्चै किन राेज्न पुगे त नेपाली जनताले अधिनायकवाद सबै भन्दा महत्त्वपूर्ण कुरा यहीँ हाे । अहिले भएको चुनावी नतिजा लाई हेर्ने हाे भने बामपंथी गठबन्धनकाे पक्षमा देखिएकाे जनमतले जनता परिवर्तन पक्षमा छन् भन्ने कुरा स्पष्ट भएको छ ।

मुलुकमा सधैं सधैं राजनीति तरलता कै कारणले कुनै पनि राजनीति पार्टीको बहुमत नपुग्ने अनि सरकार ५ बर्ष सम्म नचल्ने हैन कि सरकार ढाल्ने र नयाँ बनाउने खेलमात्र हुन थालेपछि राजनीति दल भन्दा नेपाली जनता वाक्य दिक्क भएका थिए ।यहीँ कारणले देशमा जम्बाे मन्त्री मण्डल बनाउने भनेको मान्छे लाई मन्त्री र मन्त्रालय दिने गरेको कारणले झन भन्दा झन बिकृती बढ्दै गयाे राजनीति परिवर्तनकाे केन्द्र नभएर मागी खाने ठगि खाने भाडाे साबित भएकाे महसुस नेपाली जनताले गरे २०६२/६३ काे जन अान्दोलन काे परिवर्तनले नेपाली जनताले राहत भन्दा पनि अाहत पाए नातावाद कृपाबाद फरियावाद झन संस्थागत हुदै गयो ।

अहिले जन अान्दोलनकाे शक्ति मध्ये एमाले र जनयुद्ध बाट अाएकाे शक्ति माअाेबादी केन्द्र बिच पार्टी एकता र बामपंथी गठबन्धन बनेर चुनावमा हाेमिएपछी अाफुलाई लाेकतन्त्रकाे हिमायती भनेर दाबी गर्ने नेपाल कै पुरानो पार्टी नेपाली काङ्ग्रेसले अब मुलुक अधिनायकवाद तर्फ गएको अब देशमा नेपाली जनताको हाँस्ने र रूने अधिकार समेत खाेसिने भयो भनेर देशकाे प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा काङ्ग्रेस नेता रामचन्द्र पाैडेल लगायतकाले भद्दा खालको अभिब्यक्ती दिएर जनता माझ भ्रम पार्ने खेती गरे पनि त्यो कुरालाई यसपटक निर्वाचनमा मतदान गर्ने जनताले बिश्वास गरेको पाइएन । नेपालका बामपंथी शक्तिले भने झै देशमा ६५ प्रतिशत जनमत बामपंथी काे पक्षमा भएको तर बामपंथी शक्ति बिभाजन भएको कारणले त्यसकाे फाइदा काङ्ग्रेस लगायत का शक्तिले उठाइरहेकाे हाे भन्ने कुरा अहिले भएको बामपंथी गठबन्धनले पनि पुष्टि गरिदिएको छ ।

साच्चै यसपटक भएको प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन बामपंथी गठबन्धनकाे लागि चमत्कार नै साबित भएको मान्न सकिन्छ ।अहिले जनताले जुन जनमत दिएको छ बामपंथी गठबन्धन लाई यसलाई बुझ्न जरुरी देखिन्छ ।जहिले पनि मिलिजुली सरकार बनाउने अनि मिलेर खाने संस्कार र संस्कृतिकाे अब भने अन्त हुने बिश्वास गरिए पनि नेपाली जनता अझै पुर्ण रूपमा बिश्वस्त हुन भने सकेका छैनन् ।अब भने नेपालमा बामपंथी गठबन्धन शक्ति कै नेतृत्वमा सरकार बन्ने लगभग निश्चित भएको छ ।

यसले अब नयाँ राजनीति दिशा समाट्ने देखिन्छ ।हिजाे सम्म नेपाली जनता माझ हामीले पार्टीको बहुमतकाे सरकार नभएको हुनाले काम गर्न सकेनौं भन्ने कुराकाे पनि अन्त्य गरिदिएको छ । अब   नयाँ संबिधान नयाँ सरकार लाई नेपाली जनता बिच मात्रै हाेइन बिश्व जनसमुदाय समक्ष समेत स्थापित गर्नुपर्ने चुनाैती बामपंथी गठबन्धन लाई छ ।साच्चै चुनाैती र अबसर दुबै लाई उपयाेग गरेर अगाडि बढ्न सक्यो भने देशमा बिकास गर्न अार्थिक रूपमा देशलाई मजबुत बनाउन अबश्यपनि सकिन्छ यो कुरा लाई पनि मनन गर्न जरूरी छ ।

साच्चै यसपटककाे निर्वाचनमा बामपंथी गठबन्धन बनेपछि काङ्ग्रेसले पनि राप्रपा मधेसी दल संग मिलेर लाेकतान्त्रि गठबन्धन बनाउने काम गरेको हाे काङ्ग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले यसपटक निर्वाचनमा अाफ्नाे पार्टीको लागि जनता संग मत माग्ने भन्दा पनि बामपंथी गठबन्धन देशमा अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै नेपाली जनता माझ झुठकाे खेती गरे बामपंथीले निर्वाचन जितेमा रून समेत नपाइने भनेर हल्ला गरे ।जुन हल्ला अनुसार नेपाली जनताले काङ्ग्रेसकाे कुरा मानेका भए अहिले बामपंथी गठबन्धनले पुरै चुनाव हार्नु पर्ने थियो तर कुरा ठिक उल्टो देखियो ।अहिले १६५ सिट मध्ये बामपंथी गठबन्धनकाे पक्षमा बहुमत अाउने लगभग निश्चित नै छ ।यसपटक जसरी जनताले अाशा भराेसा गरेर बामपंथी लाई मतदान गरे यसैले अहिले बामपंथी बहुमतकाे सरकार बन्ने भयो अहिले जनताको अगाडि गरेको बाचा लाई ब्यबहारिक रूपमा उतार्न जरुरी छ ।

अहिलेकाे निर्वाचनमा नेपाली जनता लाई भ्रमकाे खेती गरेर नथाक्ने नेताहरू लाई जनताले मतदान बाटै सबक सिकाइ दिएकाछन् नचाहिने कुरा गरेर अहिले जनताले बिश्वास गरेनन् यसबाट के कुरा स्पष्ट भएको छ भने अहिले २१ अाै सताब्दीमा नेपाली जनतालाई झुक्याउन संभाव छैन भन्ने कुरा सबैले बुझ्नु पर्छ ।

साच्चै नेपाली जनताले अहिले अधिनायकवाद नै राेजेकाे देखियो साच्चै यो अहिले देशैभरीका जनताले यो अधिनायकवाद लाई किन मतदान गरेत अहिले याे प्रश्नको जवाफ खाेज्न जरुरी छ ।।हैन भने अहिले नचाहिने कुराकाे हल्ला गरेर कसैले पनि बिश्वास गर्दैन भन्ने कुरा अहिले लाेकतन्त्रबादीले बुझ्न जरुरी छ ।

अहिले एमाले र माअाेबादी बिच पार्टी एकता हुन लागेको छ यसलाई बिराेध गर्नु भन्दा छरिएका शक्ति बिच पार्टी एकता गरेमा यसले देश र जनतालाई फाइदा पुग्ने छ ।अहिले भएको गठबन्धनले देशमा अब दुई वटा मात्रै राजनीति शक्ति  रहने देखियो । यसले अब देशमा सानोतिनो राजनीति दलको चलखेल र मन्त्री पद खाने खेतीकाे भने अब अन्त्य भएको छ । बामपंथी गठबन्धन जेजस्तो भए पनि अब देशको बिकास र जनताको पक्षमा काम गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung