४ श्रावण २०८३, सोमबार

 

बास्केटबल प्रतियोगितामा दिपक मावि विजयी

बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माविमा मंगलबार अन्तर मावि जिल्ला स्तरीय बाल बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । दिपक माविको जुरेस र बाल कल्वले आयोजना गरेको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा आयोजक दिपक मावि प्रथम र अमर मावि पाखापानी द्धितिय भएका छन् ।

प्रथम र द्धितिय हुनले ट्रफि र मेडल सहित नगद नौ हजार र छ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुवेदीको अध्यक्षता, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको प्रमुख आतिथ्यता र शिक्षक विजय सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung