
हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभा चुनावमा म्याग्दीकी नरदेवी पुन धौलागिरी क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने एक्लि महिला सांसद बनेकि छिन । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा विजयी हभएकी एमालेकी नेता पुन धौलागिरी क्षेत्रमा पर्ने म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतबाट पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ निर्वाचित एक्ली सांसद बनेकि हुन ।
१० हजार ८ सय ६८ मत प्राप्त गरेर विजयी भएकी पुनले नेपाली काँग्रेसका अमलाल फगामीलाई दुई हजार ८ सय ७८ मतान्तरले पराजित गरेकी हुन । धौलागिरी, मालीका र मंगला गाउँपालिका समेटिएको ३२ हजार ५ सय ४५ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र (ख) मा १९ हजार ७ सय ७४ मत खसेकोमा काँग्रेसका उमेद्वार फगामीले सात हजार ९९० मत प्राप्त गरेकी थिईन ।
प्रदेश नम्बर ४ मा पर्ने धौलागिरीमा प्रत्यक्षतर्फ पुन सहित दुई जना मात्र महिला उम्मेद्वार बनेका थिए । बागलुङको प्रतिनिधिसभा क्षेत्र न. १ मा नेपाली काँग्रेसबाट उमेद्वार बनेकी सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का एमालेका सुर्य पाठकसँग पराजित भईन ।
दोस्रो संविधानसभामा एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी ४७ वर्षिय पुन नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी थिईन । अर्थशास्त्र र समाजशास्त्रमा स्नाकोत्तर गरेकी पुन म्याग्दीकोे शिक्षित र अगुवा महिला मानिन्छिन ।
उनी वि.स २०५६ को संसदीय चुनावमा काँग्रेसका नारायणसिङ पुन र २०६४ को पहिलो संविधान सभा चुनावमा माओवादीका गोविन्द पौडेलसंग पारजित भएकी थिईन । नेकपा एमालेका पुर्व जिल्ला उपसचिव रहेकी पुन हाल अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य हुन ।
पुनले संविधानमा महिला अधिकारका लागि भएका व्यवस्थाको कार्यान्वयन, प्रदेशको निती र योजनामा महिला, दलित, जनजाती, दुर्गम र पिछडीएका क्षेत्रको भावनालाई समेट्न प्राथमिकता दिने बताईन । “शिक्षा र आर्थिक स्रोतमा महिलाको पहुँच बढाउन सकेमा उनिहरु सक्षम बन्छन्” पुनले भनिन “महिला आर्थिक र शैक्षिक रुपमा सक्षम नबनेसम्म सामाजिक परिवर्तन सम्भव छैन् ।”
उनले म्याग्दीको पूर्वाधार विकासका लागि स्थानीय तह र संघिय सरकारसंग समन्वयका साथै प्रदेश सरकारबाट बढी बजेट, योजना भित्र्याउन र प्रभावकारी कार्यान्वयनमा प्राथमिकता दिने बताईन । स्थानीय स्तरमा कृषि, पर्यटन, जलविद्युत, खनिज र वन पैदावारको परिचालन गरि रोजगारी सिर्जना गर्ने योजना तथा कार्यक्रममा जोड दिने पुनले बताईन ।
कार्यान्वयनको चरणमा रहेको बेनी–दरवाङ सडक कालोपत्रे योजनालाई प्रभावकारी बनाई ताकम हुदै ढोरपाटनसम्म सडक पु¥याउने, वडालाई जोड्ने कच्चि सडक स्तरउन्नती, विद्युतीकरण विस्तार र धौलागिरी हिमाल आरोहण गर्न जाने चक्रिय धौलागिरी पदमार्गलाई व्यवस्थित बनाउने पुनको योजना छ ।