५ श्रावण २०८३, मंगलवार

 

बागलुङमा तेक्वान्दो परिक्षा

शुक्रबारदेखि सुरु भएको आदर्श विद्यामन्दिर सिएच आईटिएफ तेक्वान्दो डोजाङ बागलुङ र केबि सिएच आईटिफ तेक्वान्दो डोजाङ म्याग्दी दरबाङको संयुक्त आयोजनामा पेटि परिक्षा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल छाङहिन अन्तराष्ट्रिय तेक्वान्दो महासंघका केन्दीय सदस्य दिपेन्द्र बुढा मगरको अध्यक्षता, कालिगण्डकी एडुकेयर सेन्टरका अध्यक्ष राजेश केसीको प्रमुख आतिथ्यता र केबि बोर्डिङका संरक्षक दिपक बुढाथोकी विशिष्ठ आतिथ्यता रहेको थियो ।

बागलुङ र दरबाङका छुट्टा छुट्टै डोजाङका ५३ जना खेलाडिले परिक्षमा सम्मेलित थिए । खेलाडिले प्याट्रन, किक व्यासिक र स्पेशल टेक्निकस प्रस्तुत गरेका थिए । खेलाडिहरुको परिक्षा लगत्तै नतिजा पनि सार्वजनिक भएको हो । ५३ जना खेलाडिले जाँच दिएकोमा ५३ जनानै अघिल्लो पेटीमा प्रवेश गरेका छन ।

 

जस मध्य सेतो पेटीबाट ३५ जना पहेलो पटिमा, ११ जना हरियोबाट निलोमा, ९ जना निलो हरियो पेटीबाट निलोमा र १ जना निलोबाट निलो रातोमा प्रवेश गरेको आदर्श विद्यामन्दिर सिएच आईटिएफ तेक्वान्दोका प्रशिक्षक अनुप बुढा मगरले जानकारी दिए ।

कार्यक्रममा केबि सिएच आईटिएफ डोजाङका प्रशिक्षक करण प्रतेल, युवा समाजसेवी विबश घर्ति, कालिगण्डकी एडुकेयर सेन्टरका अध्यक्ष राजेश केसी र केबि बोर्डिङका संरक्षक दिपक बुढाथोकीले मनतव्य राखेका थिए । उनीहरुले स्वास्थ्यको लागि खेलकुद अपरिहार्य रहेको बताए । खेलले मान्छेलाई हरेक क्षेत्रमा चिनाउन र आफ्नो अस्तित्वलाई राम्रो बनाउन ठूलो भूमिका खेल्ने बताए ।

कार्यक्रम छाङहिन अन्तराष्ट्रिय तेक्वान्दो महासंघ बागलुङका जिल्ला उपाध्यक्ष परिचय घर्तीको स्वागत मनतव्य र आदर्श विद्यामन्दिर सिएच आईटिएफका प्रशिक्षक अनुप बुढा मगरको संचालनमा समापन भएको हो ।

फोटोः अनुप बुढा मगर

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung