७ कार्तिक २०८३, शुक्रबार

 

अर्मादी प्राविको ४२ औँ वार्षिकोत्सव

पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीमा रहेको अर्मादी प्राथमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । वि.स २०३२ सालमा स्थापना भएको विद्यालयमा हाल ४८ विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयमा गरिब तथा दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । साथै उक्त कार्यक्रमको अवसरमा लायन्स क्लव अफ पर्वत चौतारीले पढाउँ अभियान अन्र्तगत शैक्षिक सामग्री वितरण गरेको थियो ।

विद्यार्थीलाई आवश्यक पर्ने झोला, कपी, कलम वितरण गरिएको लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष पुरुपोत्तम आचार्यले जानकारी दिए । उक्त कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ पर्वत चौतारीका सचिव यामप्रसाद शर्माले गरेका थिए । सोही अवसरमा कुश्मा नगरपालिका–५ निवासी राममाया श्रेष्ठले विद्यार्थीलाई जुत्ता वितरण गरेकि हुन । कार्यक्रमको उद्घाटन गदै कुश्मा नगरपालिकाका शिक्षा शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक स्तरोन्ती लागि शिक्षक अभिभावक र विद्यार्थीहरु एक हुनुपर्ने धारण व्यक्त गरेका थिए ।

विद्यार्थीको चाहाना अनुसार बालमैत्री र आधुनिक शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको बताए । उनले विद्यालयको आर्थिक, भौतिक र शैक्षिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्वतका श्रोत व्यक्ति प्रेमप्रसाद सुवेदी, लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष पुरुपोत्तम आचार्य, डिष्ट्रिक एडभाइजर तथा शिक्षा प्रेमी बसन्तकुमार कर्माचार्य, विद्यालयका प्रधानाध्यापक जगदिशराज शर्मा लगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमनाथ आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक महेन्द्रकुमार जोशील गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung