६ कार्तिक २०८३, बिहीबार

 

गुरुङले दिए चौरासी पुजाको दान विद्यालयलाई

पर्वतका एक व्यक्तिले चौरासी पुजाको दान विद्यालयलाई सहयोग गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङका नारायणप्रसाद गुरुङले आफ्नो चौरासी पुजामा तुदान स्वरुप संकलन भएको ५० हजार रकम स्थानीय दुई सामुदायिक विद्यालयलाई सहयोग गरेका हुन् ।
गुरुङले सुर्यप्रकाश मा.विलाई २५ हजार र काफ्लचौर मा.विलाई २५ हजार रुपैयाँ सहयोग गरेको बताए । गुरुङले सुर्यप्रकाश मा.विको पर्खाल निर्माणमा र काफ्लचौर मा.विको भवन निर्माणमा सहयोग गरेको उनका छोरा पृतम गुरुङले जानकारी दिए ।
विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुगोस् भन्ने हेतुले रकम सहयोग गरेको हो । सुर्यप्रकाश माविलाई एक कार्यक्रमको विच रकम हस्तान्तरण गरिएको छ, भने काफलचौर मा.विलाई हस्तान्तरण गर्न क्रममा रहेको रहेको छोरा पृतमको भनाई छ ।
स्थानिय सामुदायिक विद्यालयका शैक्षिक तथा भौतिक विकासमा टेवा पु¥याउने उद्देश्यले रकम सहयोग गरेको नारायणप्रसाद गुरुङले बताए । राज्यको कारण सामुदायिक विद्यालय धरासय बन्दै गएको प्रति उनले चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung