बागलुङ महोत्सवको छुट्टै आकर्षणको रूपमा रहेको महिला भलिबलको बुधबार नेपाल उघोग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठले भलिबल सर्भिस गरेर शुभारम्भ गरेका छन ।
बुधबार भएको पहिलो खेल गलकोट नगरपालिका र आदिवासी जनजाति विद्यार्थी संघ बागलुङको टिम बिच भएको खेल उप–समितिका संयोजक उमाकान्त शर्माले जानकारी दिए ।
धेरैलाई आशंका थियो कि महिला भलिबल हुदैन भनेर तर हामीले धेरै नै मेहनत गरेर यो खेल आयोजना गरेको शर्माले बताए । महिला र पुरूष भलिबल गरेर धेरै टिमले सहभागिता जनाएको छन । महोत्सवमा भलिबल खेलका पारखिहरूको उत्साहजनक उपस्थित रहेको छ ।













































































































































































































