बागलुङ महोत्सवको मुख्य आकर्षकको रुपमा रहेको खुल्ला पुरुष भलिबलको प्रतियोगिताको उपाधी छन्त्याल कन्ट्रक्सनले पाएको छ । १२ समूहले सहभागिता जनाएको भलिबल प्रतियोगितामा पश्चिमाञ्चल भलिबल संघलाई सोझो ३ सेटले पछि पार्दै छन्त्याल कन्ट्रक्सन प्रथम भएको हो । पश्चिमाञ्चल भलिबल संघले द्धितिय स्थानमा चित्त बुझाउनु परेको छ । 
त्यस्तै २३ नम्बर बाइनी अड्डाले तृतीय स्थानमा हासिल गरेकोछ । भलिबलमा विजेता भएको छन्त्याल कन्ट्रक्सनले नगद रु १ लाख १ हजार १ सय ११, उप–विजेता पश्चिमाञ्चल भलिबल संघले नगद रु ५५ हजार ५ सय ५५ र तृतिय हुने २३ नम्बर बाईनीले ३० हजार ५ सय ५५ पाउने एका छन । भलिबल खेलको फानइनल खेल हेर्न हजारौँ दर्शकहरुको भिड लागेको थियो ।













































































































































































































