२९ असार २०८२, आईतवार

 

निसीको भल्कोतमा ऐतिहासीक माघि मेला हुने

निसीखोला गाउँपालिका–६ मा परापूर्वक कालदेखि नै मनाउँदै आएको माघि मेला यस वर्ष पनि मनाउने भएको छ । स्थानीय तिलाचन युवा क्लवको सक्रियतामा सदाको वर्षमा जस्तै यस वर्ष मेला हुन लागेको उक्त क्लवका अध्यक्ष कुशल बुढा मगरले जानकारी दिए ।

माघि मेलाको मुख्य आकर्षको रुपमा पुतली नाच र होरे खेल्ने रहेको छ । त्यसको साथै क्लवले पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, दोहोरीगीत प्रतियोगिता लगाएत विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको उक्त युवा क्लवका अध्यक्ष बुढाले बताए । कार्यक्रममा मेला हेर्नको लागि बागलुङको विभिन्न स्थानहरु र रोल्पा, रुकुमबाट आउने गर्दछन ।

पुतली नाच

पुतली नाच रहेक वर्षको माग ३ गते नाचिन्छ । यो नाच अंग्रेजहरुसँग युद्ध गरेर युद्ध जितेपछि विजयी उत्सव मनाउने क्रमबाट पुतली नाच नाच्न थालिएको एक स्थानीय वृद्ध बले मगरले भने । माघ २ गते राजा रानीको मुर्ति जस्तै कपडाको पुतली बनाउने, उक्त कपडाको पुतलीलाई रंगी विरंगी भेषभुषामा पुतलीलाई भोलिपल्ट माग ३ गते दिनभर डोलीमा चढाई पुतली नाचसँगै काँधमा बोकेर डुलाईने र नजिको तिन गंगाको दोभानमा लगेर उक्त पुतलीलाई बन्दुकले हानेर त्यही विसर्जन गरिने प्रचलन छ ।

यो नाच कहिलेदेखि सुरु भएको भन्ने बारे थाहा छैन तर यत्ति थाहा छ कि आफ्ना पुर्खाले गर्दै आएको परम्परा, रिति र संस्कार भएकाले यसलाई निरन्तरता दिईदै आएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढा मगरले जानकारी दिए ।

होरे कापे खेल्ने

धेरै पहिले बन जंगलमा घँस दाउरा काटन गएको समयमा तरुनी तन्नेरीहरु ठट्यौली र पारामा गाईने गरिएको फागु माघे सक्रान्तिका अवसरमा गाईने गरिएको स्थानीय भागविर मगरको भनाई छ । होरे कापे खेल्ले बेलामा होरे कापे होरे, गारो पिरो नमाने, राजाको फागु हो यत्रै सिताले जस्ता अश्लिल शब्द प्रयोग हुन्छन जसलाई हारे गाईने भनिन्छ । यस्ता शब्द सुन्न साह्रै अप्ठ्यारो लाग्ने गगर्छ ।

यो होरे गीत पुतलीलाई ३ गंगाको दोभानमा लगेर विसर्जन गर्ने बेलामा गाउने गदर्छन । यस्ता सुन्दा पनि साह्रै अप्ठ्यारो लाग्ने शब्द प्रयोग गरेर होरे भट्याउँदा वालीनाली राम्रो हुने, पशु चौपयामा रोग नलाग्ने, दुख कष्ट आई नलाग्ने, होरे खेल्नाले समय अनुसार आकाशबाट पानी पर्छ भन्ने मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung