
ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा यहि पौष २८ र २९ गते पाँचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय प्रोफेश्नल तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ । मंगलबार बुर्तिबाङमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको विषय माथि जानकारी गराउँदै आयोजक संस्था ढोरपाटन आईटि.एफ तेक्वान्दो दोजाङका अध्यक्ष भुपेन्द्र घर्तिले सम्मेलनमा बोल्दै खेलकुद क्षेत्रको संरक्षण, खेलाडीको सम्मान र पश्चिम क्षेत्रलाई समेत खेल क्षेत्रको माध्यमबाट परिचत बनाउने उदेश्य सहित कार्यक्रमको आयोजना गरीएको बताए ।
उनले पहिलो पटक आफुहरुको अथक प्रयासमा पाँचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय प्रोफेश्नल च्यामिपयनसिप तेक्वान्दो प्रतियोगिताको आयोजना गरिएको बताए । करिब १७ लाख खर्च लागतमा हुने प्रतियोगितामा आयोजक सहित पाँच विकास क्षेत्र, नेपाल आर्मी क्लव, तथा शसस्त्र प्रहरी क्लव सहित ८ समुहको सहभागिता रहने भएको हो । प्रतियोगितामा स्पेशल फ्रि स्पायरिङ तर्फ ५७—६३ केजिको पुरुष र ४७—५३ केजितर्फको महिलाको स्पाईरिङ हुने छ । जसमा न्युनतम बल्याक वेल्ट तथा राष्ट्रिय खेलाडीले सहभागिता जनाउने र खेलमा प्रथम हुने पुरुष तथा महिला दुबैले पचास हजार, द्धितिय हुनेले ३० हजार र तृतिय हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने भएका छन् ।
कार्यक्रमलाई सफल पार्न लागत बढि लाग्ने भएका कारण आर्थिक संकलन अभियानलाई जारी राखिएको बताउदै हालसम्म ढोरपाटन नगरपालिकाबाट १ लाख, बडिगाड गाउँपालिकाबाट ६० हजार, तमानखोला र निसिखोला गाउँपालिकाबाट २०/२० हजार त्यस्तै स्वदेश तथा विदेशमा रहेका पुर्व खेलाडि, लगाएतका विभिन्न व्यवसायी, संघ संस्थाबाट सहयोग जारी रहेको बताईएको छ ।
कार्यक्रमलाई सफल पार्न ढोरपाटन आई.टि एफ तेक्वान्दो दोजाङको प्रमुख आयोजना तथा बाग्लुङ तेक्वान्दो संघको सह–आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पार्नका निम्ती कार्यक्रम संयोजक भुपेन्द्र पुनको सम्योजगत्वमा विभिन्न उप–समितिहरु गठन गरीएको छ । यस भन्दा पहिले बुर्तिबाङमा नवौँ जनरल चाई, तथा चौठो प्रो आईटिएफ तेक्वान्डो प्रतियोगिता भईसकेको छ ।