१० कार्तिक २०८३, सोमबार

 

सूचना तथा सञ्चार संघ बागलुङको अध्यक्षमा पुनः केसी

जिल्लामा स्थापना भएका सूचना तथा सञ्चार सहकारी संस्थाहरुको छाता संगठन सूचना तथा सञ्चार सहकारी संघ लिमिटेड बागलुङको तेस्रो वार्षिक साधारणसभा आइतवार बागलुङमा सम्पन्न भएको छ ।
साधारणसभाले संघको आगामी कार्यकालका लागि आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष मनकुमारी केसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गुहेली सञ्चार सहकारी संस्थाका अध्यक्ष खीमबहादुर कार्की, सचिवमा सजिलो सञ्चार सहकारी संस्थाका अध्यक्ष नरेश कंडेल, कोषाध्यक्षमा गलकोट सूचना तथा सञ्चार सहकारी संस्थाका पूर्व अध्यक्ष राजबहादुर थापा चयन भएका हुन ।
समितिका सदस्यहरुमा बागलुङ सूचना तथा सञ्चार सहकारी संस्थाका सचिव ज्ञानेन्द्र गौतम र सूर्य महिला सूचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष सुजाता नेपाली चयन भएका हुन ।
यसैगरी साधारणसभाले सारथी सञ्चार सहकारी संस्था खरबाङका अध्यक्ष विष्णु प्रसाद भुषाल संयोजक तथा जनसञ्चार सूचना तथा सञ्चार सहकारी संस्था बुर्तिबाङका अध्यक्ष लोकेन्द्रबहादुर निरासी र जनता सञ्चार सहकारी संस्थाका कल्पना शर्मा सदस्य रहेको लेखा समिति चयन गरेको छ ।
साधारणसभामा बोल्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सञ्चारमाध्यमलाई संस्थागत रुपमा अगाडि बढाउनका लागि सञ्चार सहकारीको शुरुवात गरिएको र ति सहकारी संस्थाहरुलाई सबल बनाउनका लागि संघको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung