
युएस एकेडेमी बागलुङले आफ्नो १५ औँ वार्षिकोत्सको अवसरमा शनिबार बजार सरसफाई कार्यक्रम गरेको छ । गत माग ३ गतेदेखि विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु गर्दै आएको विद्यालयले शनिबार बागलुङ बजारको ट्राफिक चोकदेखि शिवधार चोक र विद्यालय परिसरमा शिक्षक विद्यार्थीहरुको शक्रियतामा सरसफाई गरिएको छ ।
हातमा कुचो, डष्टविन लगाएत सरसफाईको सामग्री लिएर बजारमा भएका विभिन्न किसिमका फोहोरहरुलाई उठाएका छन । डष्टविनको प्रयोग गरौँ, फोहोरलाई सहि ठाउँ व्यवस्थापन गरौँ जस्ता नारा प्ले कार्डमा लिएर सरसफाईमा लागेका हुन । बजारलाई सफा र स्वच्छ बनाउने उद्देश्यले बजार सरसफाई कार्यक्रमको आयोजना गरेको बताईएको छ ।