४ श्रावण २०८३, सोमबार

 

पारा तेक्वान्दो

रञ्जना धामी, सीता भण्डारी तथा पलेसा गोबर्धन तीनैजनामा एउटा समानता छ, त्यो हो–तीनै जनाको एउटा हात छैन र केही वर्षअघिसम्म उनीहरू एक–अर्काका लागि अपरिचित थिए । अहिले उनीहरूको भेट प्राय: रंगशालामा हुन्छ ।उनीहरू यही वर्ष हुन लागेको एसियन गेम तथा सन् २०२० मा हुन लागेको पारा ओलम्पिकको तयारीका लागि सन् २०१३ देखि प्रशिक्षक कल्याण कुँवरबाट प्रशिक्षण लिइरहेका छन् । प्रशिक्षण लिने १० जना खेलाडीमध्ये उनीहरू ३ जना मात्र महिला हुन् । नेपाल तेक्वान्दो संघको सहयोगमा चलिरहेको यो प्रशिक्षण तथा टिमलाई अन्य संघसंस्थाहरूले समेत सहयोग गरिरहेका छन् ।विभिन्न अन्तर्राष्ट्रिय खेलमा बारा निवासी रञ्जना धामीले १ रजत तथा ३ काँस्य पदक जितिसकेकी छिन् भने दोलखा निवासी सीता भण्डारीले ३ वटा काँस्य पदक जितेकी छिन् ।

पलेसाको सपना भने एसियन गेम र पारा ओलम्पिकमा पदक जित्ने छ । अध्ययनसँगै तेक्वान्दोलाई निरन्तरता दिइरहेका रञ्जना, पलेसा र सीता आफ्नो क्षमताले भ्याएसम्म मेहनत गरिरहेको बताउँछन् ।

कान्तिपुर /नारीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung