१० कार्तिक २०८३, सोमबार

 

जनता संचार सहकारीबाट राहत प्रदान

जनता संचार सहकारी संस्था लिमिटेड बागलुङले आफ्नो शेयर सदस्य परिवारलाई मृत्यु राहत रकम प्रदान गरेको छ ।
सहकारीले बागलुङ नगरपालिका–१ रामरेखाका शेयर सदस्य विष्णु आचार्यका पिता पूर्णप्रसाद आचार्य को मृत्यु भएकोमा शोक मनाउदै घरमा पुगेर ३ हजार राहत रकम र श्रद्धाञ्जली कार्यक्रम गरेको जनता संचार सहकारी संस्थाका सचिव राजेशचन्द्र राजभण्डारीले बताए ।

सहकारीले आफ्नो शेयर सदस्यको मृत्यु भएमा ५ हजार मृत्यु राहत र शेयर सदस्यको एक घरको परिवारको मृत्यु भएमा ३ हजार रूपैयाँ राहत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung