
विद्यामन्दिर माविका प्रधानाध्यापक जगन्नाथ शर्माले शिक्षा सोक र विलासिताको बस्तु नभएको बताएका छन । विद्यालयको ७७औं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा विद्यायलको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रममा आचार्यले यस्तो बताएका हुन । शिक्षालेनै मानिसलाई श्रेष्ठ र सम्य बनाउने र शिक्षा सोक र विलासिताको बस्तु नभई यो मानिसको जीवनको सम्मान, सुरक्षा, समृद्धिको भरपर्दाे आधार भएको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष दिल शिरिष, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष कृष्णराज शर्मा, पुर्व वि.व्य.स सदस्य बावु डियर हमाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । यसैविच बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीले विद्यालयको भवन निमार्णको लागि रु ६लाख २५ हजार सहयोग गरेका थिए । त्यसैगरी बानपा ३का सन्दिप खड्काको आमा माया खड्का तथा स्वर्गीय बुबा बवुर खड्काको नाममा विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि ३ लाख रुपैया सहयोग गरेका छन ।
कार्यक्रम वि.व्य.स अध्यक्ष सुवासचन्द्र राजभण्डारीको अध्यक्षता, स्वागत शिक्षक गंगा शर्मा र शिक्षक भिम गौतमले संचालन गरेका थिए ।