नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७१ अाै साधारणसभा यहीँ फागुन २६ गते हुने भएको छ ।
पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीकाे अध्यक्षतामा बसेकाे कार्यसमितिकाे बैठकले पुस्तकालयकाे साधारणसभा भब्य र सभ्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको पुस्तकालय पुस्तकालयका सचिव राम थापा अबिरलले बताए ।
सामुदायिक पुस्तकालय बिधुतिय पुस्तकालय र बालबिकास केन्द्र समेत संचालन गर्दै अाएकाे बिद्यामन्दिर पुस्तकालय लाई प्रदेश नम्बर ४ कै नमुना पुस्तकालय बनाउने नयाँ कार्यक्रम लाई साधारणसभा पछि अगाडि बढाउने बैठकले निर्णय गरेको सचिव थापाले बताए ।
बिधुतीय पुस्तकालय संचालन भए पछि सामुदायिक बिद्यालय र निजी बिद्यालयमा अध्ययन गर्ने गरिब दलित तथा बिपन्न बर्गका बिद्यार्थिले निशुल्क रूपमा अध्ययन गर्न पाएकाे कारणले पनि अहिले पुस्तकालयमा अाउने पाठककाे चाप बढेर गएकाे पुस्तकाध्क्ष मन्जु केसीले बताए ।
२००३ सालमा शिक्षा प्रेमी अाेम प्रसाद गाैचन र मेघ कुमार बैधले स्थापना गरेको सामुदायिक पुस्तकालय अहिलेसम्म नियमित रूपमा सबै खालका पाठकलाई बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म सेवा प्रदान गर्दै अाएकाे छ ।पुस्तकालयकाे सहायक अंगकाे रूपमा रहेको रत्न श्रेष्ठ नेपाली बाङ्गमय कक्ष पनि एक बर्ष देखि नियमित बिहान १० देखि पाठकहरूकाे लागि खुला रहदै अाएकाे छ ।
पुस्तकालयमा सामाजिक राजनीति धार्मिक सांस्कृतिक लगायतका १७ हजार भन्दाबढी हस्तलिखित पुस्तक पत्रपत्रिका समेत रहेको कारणले पनि पुस्तकालयमा टाढा टाढा देखि पाठकहरू अाउने गर्छन् ।


















































































































































































































