६ कार्तिक २०८३, बिहीबार

 

चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुलले ११ कक्षा संचालन गर्ने

चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुलले आगामि शैक्षिक सत्रबाट ११ को कक्षा संचालन गर्ने भएको छ । सोवबार भएको विद्यालयको १९औ बार्षीकोत्सव तथा अभिभावक दिवसको समापन समारोहमा विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले यस्तो वताएका हुन । समारोहमा बार्षिक प्रगति प्रतिवेदन गर्दै सो कुरा वताएका हुन । उनले अभिभावकको माग तथा विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै आगामी शैक्षिक सत्रबाट कक्षा ११ मा विज्ञान तथा वाणिज्य विषयमा पठनपाठन सुचारु गर्न अनुमति प्राप्त भैसकेको र आगामी शैक्षिक सत्रदेखिनै उक्त कक्षा संचालनको लागि आवश्यक पक्की भौतिक संरचना निमार्ण कार्य भैरहेका वताए ।
कार्यक्रममा प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, बागलुङ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटा, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, पुर्व सभासद प्रकाश शर्मा पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा विद्यालयले पत्रकार महासंघको भवन निर्माणका लागि आर्थिक सहयोग समेत गरिएको छ । कार्यक्रमा विद्यार्थिहरुले विभिन्न सांस्कृतिक तथा रचनात्मक प्रस्तुति समेत गरेका थिए ।
कार्यक्रम स्कुल व्यवस्थापन समितिका अध्यक्ष नवराज पौडेलको अध्यक्षता, महेन्द्र आचार्यको स्वागत तथा विजया चालिसे र सुरेन्द्र शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung