२८ असार २०८२, शनिबार

 

आदर्श सञ्चारको श्रद्धाञ्जली सभा

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आफ्ना शेयर सदस्यका परिवारका सदस्यको निधनमा श्रद्धाञ्जली सभाको आयोजना गरी मृत्यु राहत रकम हस्तान्तरण गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ आवारोड निवासी शेयर सदस्य हेमबहादुर खत्रीका बुवा जयबहादुर खत्रीको निधनप्रति दुख व्यक्त गर्दै संस्थाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

संस्थाले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा एवम् राहत रकम हस्तान्तरण गरेको हो । त्यसै गरी संस्थाका शेयर सदस्य युक्तप्रसाद सुवेदीका पिता तथा शेयर सदस्य जानकी सुवेदीका ससुरा निवासी एकनाथ उपाध्यायको निधनप्रति दुख व्यक्त गर्दै संस्थाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले नवौ पूण्य तिथि पारेर स्वर्गीय उपाध्यायको निवास पुगेर दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा एवम् राहत रकम हस्तान्तरण गरेको हो । स्वर्गीय उपाध्यायका छोरा र बुहारी सदस्य रहेकाले दुई जनाको ५ हजारका दरले १० हजार मृत्यु राहत रकम प्रदान गरिएको हो ।

हरेक दिन एक जना शेयर सदस्यबाट एक रुपैँया संकलन गरी बनाएको राहत कोषबाट संस्थाले विपत तथा दुःख पर्दा शेयर सदस्यका परिवारलाई सहयोग गर्दै आइरहेको संस्थाले जनाएको छ । संस्थाका शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधन हुँदा ५ हजार राहत प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung