२२ असार २०८२, आईतवार

 

भगवति प्राविको २१ औं वार्षिकोत्सव

भगवती प्राथमिक विद्यालय बानपा ८ सिगाना बागलुङको २१ औं वाषिकोत्सव विविध कार्यक्रम गरी सम्पन्न भएको छ । विद्यालयको वार्षिकोत्सव मुल समारोहमा वोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका सामाजिक विकास शाखा संयोजक तथा वानपा ९ का वडा अध्यक्ष गणेश थापाले शिक्षाको सुधारका लागि विद्यार्थी, शिक्षक तथा अभिभावक वीच संयोजन हुनु पर्ने बताएका छन् । यस्तै कार्यक्रममा बोल्दै बानपा ८ का वडा अध्यक्ष जीत बहादुर जि.सी. राजनले विद्यालयलाई अहिलेको अवस्थावाट माथि उकास्न सके विद्यार्थी पलायनवाट जोगाउन सकिने वताउदै विद्यालयलाई आधुनिक प्रविधि युक्त वनाउनु पर्ने बताएका छन् । कार्याक्रममा समाजसेवी गोविन्द प्रसाद गौतम,
भुपेन्द्र कार्की, राम बहादुर खड्का, वडा वानपा ८ वडा सदस्य देवि नेपाली, वराह प्राविका शिक्षक लक्ष्मण मल्ल, अभिभावक इशा कार्की र तिला खड्का, विद्यार्थी डिप्लप खड्का लगाएतले मन्तव्इ राख्नु भएको थियो । कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क वहादुर काकीलाई सम्मान समेत गरिएको छ ।
कार्यक्रममा स्थानीय तहको निर्वाचनमा विजयी बानपा ८ का सबै उमेदरहरुलार्ई सम्मान समेत गरिएको थियो ।
वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधान ध्यापक भद्र बहादुर कार्कीले प्रगती प्रतिवेनद प्रस्तुत गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम वहादुर जि.सीको अध्यक्षता विद्यालयका शिक्षक शुरेश मल्लको स्वागत तथा शिव कुमार खड्काको सञ्चालन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung