बागलुङ बजारमा रहेको युनिभर्सल सबलाईम एकेडेमी (युएसए)ले सिकाई प्रभाबकारी बनाउन अभिभाबका लागि मनोबैज्ञानिक परामर्श कार्यक्रम गरेको छ ।
बालबालिकाको सिकाईप्रति अभिभाबकमा सचेतना बढाउने उदेश्यले मनोबैज्ञानिक परामर्शदाताको उपस्थितिमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बालबालिकाको सिकाईलाई जीवनोपयोगि र प्रभावकारी बनाउन अभिभावकको कस्तो भुमिका हुनुपर्छ भन्ने विषयमा मनोबैज्ञानिक परामर्शदाता तथा प्रशिक्षक रमेश पराजुलीले सहजिकरण गरेका थिए ।
कार्यक्रममा प्रदेश नम्बर–४ का प्रदेशसभा सदस्य डिलमायाँ रोका ‘दीपा’ले शिक्षा जीवन व्यवहार परिवर्तन गरि प्रतिभा प्रष्फुटन र विकास गर्ने माध्यम भएको वताईन् । उनले आफ्ना नानीबाबुहरुको प्रभावकारी सिकाईमा अभिभावकको भूमिका महत्वपूर्ण हुनेमा जोड दिईन् ।
सो अवसरमा प्रशिक्षक पराजुलीले अभिभावकको व्यवहारबाट बालबालिकाको व्यबहार प्रभावित हुने भन्दै उनीहरुमा राम्रो बानिको विकास गराउन अभिभावकले पनि सँधै राम्रो काम र व्यबहार गर्नुपर्नेमा जोड दिए ।

‘बालकालिकाले हरेक कुरामा अभिभावकको सिको गर्छन्, उनीहरुको सिकाई पनि घरमा हुने व्यबहारबाटै निर्धारण हुन्छ,’ पराजुलीले भने, ‘यसो गर्नु राम्रो वा यो गर्नु नराम्रो हो भनेर हुँदैन अभिभावकले सँधै राम्रो काम मात्र गरे बच्चाहरुले पनि त्यहि कुरा सिक्छन् ।’
विद्यालयको प्रगति विवरण प्रश्तुत गर्दै प्रिन्सिपल दल थापाले बालबालिकाको सिकाईलाई प्रभाकारी बनाएर सिकाई उपलब्धी बढाउन घरमा अभिभावक र विद्यालयमा शिक्षकले ध्यानदिनुपर्ने बताए । आफ्ना बालबालिकाको सिकाई र बानीव्यवहारमा सुधार ल्याउन अभिभावक नै बढी जिम्मेवार बन्नुपर्ने भएकाले यसैमा टेवा पुगोस भनेर कार्यक्रम आयोजना गरिएको वताए ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोष कुँवर र अन्तरपार्टी महिला सञ्जाल बागलुङका अध्यक्ष भबिकला रोकाले विद्यालयमा गरिएको अभिभावकका लागि मनोबैज्ञानिक परामर्श निकै प्रभाबकारी भएको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रम ज्येष्ठ नागरिक तथा अभिभावक मणिभद्र कँडेलको अध्यक्षता र प्रिन्सिपल दल थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।


















































































































































































































