७ कार्तिक २०८३, शुक्रबार

 

विपन्न विघार्थीलाई रोटरीको सहयोग

रोटरी क्लव अफ बागलुङले विपन्न विघार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

युनियन आधारभुत विघालयका २७ जना विपन्न विघार्थीहरूलाई रोटरी क्लव अफ बागलुङको पुर्वअध्यक्ष लक्ष्मी जिसी र अध्यक्ष पूर्णबहादुर केसीले प्रअ भिमबहादुर हमाललाई हस्तान्तरण गरेको थियो ।उक्त कार्यक्रममा पुर्व अध्यक्ष गगन लाल शाक्य ,उपाध्यक्ष धुव प्रसाद शर्मा ,विघालय व्यवस्थापन समितिको अध्यक्ष यामबहादुर रोका ,अध्यक्ष पुर्णबहादुर केसी र प्रमुख अतिथि लक्ष्मी जिसीले मन्तव्य राखेका थिए ।कार्यक्रममा स्वागत प्रअ भिमबहादुर हमालले गरेका थिए ।काठेखोला गाउपालिका वडा नं ३ धम्जा स्थित उक्त विघालयलाई रोटरी क्लवले सहयोग गर्दै आएको छ ।

शिक्षा ,स्वास्थ्य ,आय आर्जन र सामाजिक सेवामा निरन्तर सेवा गरि रहेको क्लवलाई लक्षित वर्गको हितमा काम गरि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung