१० कार्तिक २०८३, सोमबार

 

अर्थ व्यवस्थाको सवल आधार सहकारी –पूर्व रजीष्टार ढकाल

सहकारी विभागका पूर्व रजीष्टार एवं सहकारी अभियन्ता सुर्दशनप्रसाद ढकालले सहकारी अर्थ व्यवस्थाको सवल आधार भएको बताएका छन ।

६१ औं राष्ट्रिय सहकारी दिवस २०७४ को अवसर पारी बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा ऐन, नीति नीयम र निर्देशिकाहरुको संगालो भाग २ विमोचन तथा सहकारी ऐन र सहकारी संघ संस्थाहरुलाई जारी गरिएको सम्पत्ति शुद्धिकरण विषयक अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतीथी ढकालले उक्त कुरा बताएका हुन ।

नेपालमा सहकारी विकासको ईतीहास ६१ वर्ष पुरा भएको भनिए पनि अनुकुल राजैनैतीक व्यवस्था नहुँदा २५ वर्ष अघि देखि मात्र स्वायत्त र स्वतन्त्र रुपमा जनताहरु संगठित भई सहकारी संघ संस्थाको स्थापना गर्ने अधिकार प्रयोग गरिरहेको ढकालको भनाई थियो । उदार अर्थव्यवस्था र सशस्त्र द्धोन्द्ध एवं राजनैतीक संक्रमणको लामो कालखण्डका कारण सहकारी क्षेत्र राजनैतीक रुपमा उपेक्षित रहन गएको कारणले अर्थ व्यवस्थाको प्रवद्र्धनका लागि उल्लेख्य काम हुन नसकेता पनी सहकारीको अपरिहार्यतालाई सबैले स्वीकार गरेको ढकालले बताए ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक एवं प्रदेश नं. ४ का संयोजक भिम गुरुङ, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामवहादुर जि.सी., जिल्ला सहकारी संघ लि. कास्कीका सल्लाहाकार हरिभक्त पौडेल, जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम, स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, बहुउद्देश्यीय सहकारी संघ लि. बागलुङका अध्यक्ष दुर्गा कुँवर, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

अन्तरकृया कार्यक्रममा प्रमुख अतीथि ढकालले सहकारी ऐन २०७४ का सवल र कमजोर पक्षहरु ऐनमा भएका व्यवस्थाहरु र सहकारीमा सम्पत्ती शुद्धिकरण विषयमा सहजिकरण गरका थिए ।

कार्यक्रमका अवसरमा सहकारी संघ संस्थालाई निती नियमहरु निर्माणका लागि सहज होस भन्ने अभिप्रायले संघद्धारा प्रकाशित ऐन, नीती, नीयमावली र निर्देशिकाहरुको संगालो भाग २ विमोचन गरिएको छ । त्यस्तै कार्यक्रममा जिल्ला स्थीत बचत तथा ऋण सहकारी संस्थाहरु मध्येवाट उत्कृष्ट कार्य सम्पादन गरेबापत महिला हित बचत तथा ऋण सहकारी संस्था लि. बागलुङलाई उत्कृष्ट साकोस पुरस्कार तथा सम्मान गरिएको छ ।

संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४२ वटा संस्थाका ९८ जनाको सहभागिता रहेको थियो । कार्यक्रम संघका सञ्चालक लिला खड्काको स्वागत र सचिव ऋषिराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung