२८ बैशाख २०८१, शुक्रबार

 

शान्ति कोषलाई दुई लाख सहयोग

जटिल रोगले थलिएका आर्थिक रुपमा विपन्न म्याग्देलीको उपचारमा सहयोग गर्न स्थापना हुन लागेको अक्षयकोषमा एक व्यक्तिले दुई लाख रुपैया भन्दा बढी सहयोग उपलब्ध गराएका छन ।

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि मंगला गाउँपालीका १ कुहुँ घर भई हाल बहराईनमा रहेका खप्रसाद पाईजाले दुई लाख एक हजार रुपैया आर्थिक सहयोग गरेका हुन ।

म्याग्दी उद्दार समिति बहराईन मार्फत पाईजाले सहयोग उपलब्ध गराएका कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । समितिका मानार्थ सदस्य रहनुभएका सहयोगदाता पाईजाले बहराईनमा विभिन्न सामाजिक क्रियाकलापमा सघाउदै आएका छन । सहयोगदाता पाईजालाई कोषले बिधान अनुसार संरक्षक सदस्यता प्रदान गर्ने जनाएको छ ।
हाईपो पलास्टीक एनिमिया रोगबाट थलीएकी बेनपा ४ की ओमकुमारी पुन (शान्ति)को स्मृतीमा स्थापित कोषले जटिल रोगबाट बिरामी भएका म्याग्दीका गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले एक करोड पचास लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरेको छ ।

वि.स २०७१ मा स्थापना भएको कोषले हालसम्म ५४ जनालाई असी लाख भन्दा बढी उपचारका लागि सहयोग गरेको छ भने अक्षयकोषमा साठी लाख रुपैया भन्दा बढी सहयोगको घोषणा भएको छ ।

अक्षयकोष स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले कतार, बहराईन र जापानमा त्यहाँ रहेका म्याग्देलीहरुको पहलमा कार्यक्रम गरिएको थियो । मृगौला, मुटु, क्यान्सर, रक्तक्यान्सर लगायत जटिल रोगबाट प्रभावीत भएका बिरामीलाई कोषले उपचारका लागि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्