२८ बैशाख २०८१, शुक्रबार

 

बोहोरागांउमा खानेपानी तथा स्वास्थ्य सरसफाई आयोजनाको उद्घाटन ।।

निसिखोला गांउपालीका ३ बोहोरागांउमा ‘बेहोरागांउ सिस्नेरी खानेपानी स्वास्थ्य तथा सरसफाई आयोजनाको संयुतm उद्घाटन कार्यक्रम सोमबार सम्पन्न भएको छ ।  आर्थिक बर्ष २०७२÷ ७३ को कार्यक्रम अन्र्तगत स्वास्थयका लागि पानी नेवाको आयोजनामा सञ्चालीत आयोजनाबाट गांउमा पुर्ण खानेपानी तथा स्वास्थ्य सरसफाई युतm गांउ भएसंगै आयोजनाको जिल्ला समन्वयन समितीका अध्यक्ष
राजेन्द्र धुंगानाले उद्घाटन गरेका हुन ।

कार्यक्रमको उद्घाटन गर्दे संयोजक ढुंगानाले बाग्लुङ जिल्लाको समग्र बिकासका निम्ती सबै प्रकारका आधारभुत बिकास अबको परिबेशमा अनिवार्य रहेको बताउदै ग्रामिण क्षेत्रमा अझैपनी खानेपान्ी र स्वास्थ्य सरसफाई जस्ता बिषय पछि परेका कारण अबको समयमा  जिल्लाका सबै स्थानीय तहमार्फत नंया योजनाका साथ बिकासलाई प्राथमिकता दिईने बताउदै गांउमा खानेपानीको सेवा सुबिधा
पुर्याउने संस्थालाई धन्यबाद समेत ज्ञापन गरेका थिए ।

सञ्चालीत उतm योजनाबाट बोहोरागांउ क्षेत्रका तल्लो र माथिल्लो क्षेत्रमा गरी कुल ३ सय ५० पचास घरदुरीमा स्वस्थ्य खानेपान्ी तथा सरसफाई युतm गांउ घोषणा गरीएको हो । गांउदेखि २ किलोमिटर टाढा रहेको मोदिखोला मुहान, ५ सय मिटर टाढा रहेको सिस्नेरी मुहान र डेढ किलोमिटर टाडा रहेको बिरौटा खोला मुल मार्फत गांउमा पाईको माध्यमबाट खानेपानी ल्याईएको हो ।

सोमबार आयोजित उद्घाटन सत्रको कार्यक्रममा बाहोरागांउ खानेपानी तथा सिंचाई आयोजना समितीका अध्यक्ष खिमबिक्रम शाहिको अध्यक्षता, जिल्ला सम्मोन्य समिती संयोजक राजेन्द्र ढुंगानाको प्रमुख आतिथ्यता, जिल्ला समन्वयन समिती उपसम्योजक बिष्णु भुषल र नेवाका कार्यक्रम सम्योजक कुमार सिलवालको बिशष्ठ आतिथ्यता , निसिखोला गांउपालीका वडा नं ३ का अध्यक्ष जुनबिक्रम शाहि लगाएत स्थानीय समाजसेवि, जनप्रतिनीधि, उपझोता लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम कसिन्द्र शाहिको सञ्चालनमा सम्पन्न भएको बताईको छ ।

प्रतिक्रिया दिनुहोस्