११ कार्तिक २०८३, मंगलवार

 

बुर्तिवाङ स्थित सहकारी संस्थाहरु र जिल्ला बचत संघ विच अन्तरक्रिया

बुर्तिवाङ स्थित रहेका सहकारी संस्थाहरु र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको टोली विच शुक्रवार बुर्तिवाङमा अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले बुर्तिवाङ स्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लि., खुंगा ढोरपाटन बचत तथा ऋण सहकारी संस्था लि. र बुर्तिवाङ बचत तथा ऋण सहकारी संस्था लि. को कार्यालयहरुमा छुट्टा छुट्टैरुपमा भेटघाट गरेका थिए ।
त्यहाँ स्थित सहकारी संस्थाका सञ्चालक समिति, उपसमिति र कर्मचारीहरुले संघिय संरचनामा सहकारीको भूमिका के हुने ? सहकारी ऐन २०७४, सहकारी संघ संस्थाका लागि जारी सम्पत्ति शुद्धीकरण निर्देशन, सहकारी सम्वन्धि नयाँ नीति नियम र नियमावली, सञ्चालक तथा कर्मचारीहरुको तालिम लगाएतका विषयहरुमा छलफल तथा अन्तरकृया भएको थियो ।
छलफलका क्रममा नेफ्स्कूनका सञ्चालक एवम् जिल्ला बचत संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले देश संघिय संरचनामा गईसकेपछिको अहिलेको अवस्थामा सहकारी संस्थाहरु के गर्ने के नगर्ने भन्ने दुविधामा रहेको बताउदै सहकारी संस्थाका सञ्चालक समिति उपसमिति र कर्मचारीहरु जारी हुने सहकारी सम्वन्धि नयाँ नीति नियमहरुको बारेमा जानकार हुन जरुरी रहेको बताए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका सञ्चालक गण्डकी थापा अधिकारी र उत्तमवहादुर महत लगाएथको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung