२१ असार २०८२, शनिबार

 

निलगिरी साकोसद्धारा सुत्केरी पोषण भत्ता प्रदान

निलगिरी वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले शनिवार सुत्केरी पोषण भत्ता प्रदान गरेको छ । संस्थाले एक कार्यक्रमका बिच महिला शेयर सदस्य बानपा २ पुरानो बर्सपार्क निवासी सखिना शर्मालाई सुत्केरी पोषण भत्ता प्रदान गरेको हो । “शेयर सदस्यसग“ै सुख दुखमा हातेमोलो” भन्ने अभियानका साथ शर्मालाई नगद दुई हजार रुपैय“ा प्रदान गरिएको छ । संस्थाका सञ्चालक सदस्य प्रदिप पन्त र शेयर सदस्य खगन्नाथ शर्माले सुत्केरी पोषण भत्ता प्रदान गरेका छन ।

आफ्ना शेयर सदस्य खुशीयाली हर्षबधाइ तथा सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत पुत्रीलाभ भएकोमा शेयर सदस्य शर्मालाई सुत्केरी पोषण भत्ता हस्तांतरण गरिएको संस्थाका सचिव मिलन केसीले बताए । प्रत्येक एक जना शेयर सदस्यबाट एक रुपैँया संकलन गरी निमार्ण गरिएको सामजिक सुरक्षा कोष अन्र्तगत महिला शेयर सदस्यहरु सुत्केरी पोषण भत्ता,एकाघर सदस्यको मृत्युमा समवेदना सहित राहत,शेयर सदस्यको मृत्यु भएमा र शेयर सदस्यलाई जटिल प्रकारका रोग लागेमा उपचारको लागि सक्दो सहयोग संस्थाले गर्दै आएको सचिव केसीले बताए ।

संस्थाले सामाजिक सुरक्षा कोष अन्र्तगत बिभिन्न क्षेत्रमा सहयोग गर्ने अभियानलाई थप प्रभावकारी बनाउदै लैजानको लागि यस्ता कार्य गर्दै आएको व्यवस्थापन डिल्लीप्रसाद शर्माले बताए । सुत्केरी पोषण भत्ता हस्तान्तरण कार्यक्रममा संस्थाका संचालक सदस्य तथा शेयर सदस्यहरुको सहभागीता रहेको थियो । हस्तान्तरण कार्यक्रमको संचालन सचिव मिलन केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung