
चारतारे युवा क्लव सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्त कार्यक्रमले महिला दिदिवहीनीहरुको जिवनस्तरमा चमत्कारीत परिवर्तन ल्याएकाबताएका छन ।
संस्थाद्धारा सञ्चालीत लघुवित्त कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिको बारौं दिन सनिवारखर्वाङ शाखा अन्तर्गत आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा प्रमुख अतीथि पौडेलले उक्त कुरा बताएका हुन । कुनै समय घरबाट वाहीर निस्कन नसक्ने, उद्यम गर्न नसक्ने, बचत र ऋणको बारेमा केही थाहा नभएका, बोल्न नसक्ने महिला दिदिवहीनीहरु लघुवित्त कार्यक्रममा संलग्न भए पश्चात बचत गर्ने वानीको विकास भएको, ऋण लगी उद्यम गर्न सक्ने भएको, सामुदायीक बन, विद्यालय, स्थानीय निकाय लगाएतका ठाउँहरुमा नेतृत्व गर्न सक्ने भएको पौडेलको भनाई थियो ।
उनले सिवाईसीको लघुवित्त कार्यक्रममा संलग्न सदस्यको जिवनमा हाँसो र समृद्धि नआएसम्म सिवाईसीले जतिसुकै काम गरेको छु भने पनि निरअर्थक हुने बताए । सधैभरी एउटै कुरा गरेर लघुवित्त कार्यक्रमको उपलब्धी मापन गर्न नसकिने बताउदै पौडेलले सदस्यहरुमा समृद्धि आएमा मात्र सिवाईसी लघुवित्त कार्यक्रमको उपलब्धी मापन हुने सक्ने धारण व्यक्त गरेका थिए ।
सदस्यहरुबाट उठेका जिँज्ञासाहरुलाई सम्वोधन गर्दै पौडेलले लघुवित्त कार्यक्रममा संलग्न ९९ प्रतिशत दिदीवहीनीहरुले राम्रो काम गरिरहेको अहिलेको अवस्थामा १ प्रतिशत महिला दिदिवहीनीहरुले गलत बाटो अपनाउदा लघुवित्त कार्यक्रम बद्नामी भईरहेको बताउदै सिवाईसी लघुवित्त कार्यक्रमको मर्म दिदीवहिनीहरुलाई गाउँ छोडेर भगाउने नभएर समाजमा गुमेको संस्कार सिकाउने भएको बताएका थिए ।
कार्यक्रममा सिवाईसी नेपालका कार्यसमिति सदस्य सीता शर्मा, प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी, सिवाईसी साकोस सदस्य सेवा केन्द्र खर्वाङका संयोजक धनवहादुर बुढा, शाखा स्तरीय सञ्जालका प्रवक्ता एव. उद्यमी सदस्य जमुना श्रीस, केन्द्र प्रमुखहरुको तर्फवाट गंगा महत्तारा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा महिलाहरुको शशक्तिकरण र आय आर्जनमा उल्लेख्य काम गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने ३ वटा केन्द्रलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने केन्द्रहरुमा क्रमशः गरिवी उत्थान आत्मनिर्भर महिला केन्द्र गल्कोट न.पा. ११, परिवर्तनशिलआत्मनिर्भर महिला केन्द्र गल्कोट न.पा. ११ र शिखर आत्मनिर्भर महिला केन्द्र गल्कोट न.पा. ११,प्रथम, दृतिय र तृतीय स्थान हाँसील गरेका थिए।सोही क्रममा शाखा कार्यालय अन्तर्गत केन्द्र नं. ७४ का सदस्य सीता आचार्यका छोरी श्रीसा आचार्यले एस.ई.ई परीक्षामा उत्कृष्ट स्थान हाँसील गरेकोमा नगद रु. ३ हजार सहित पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत तथा शाखाको प्रगतिको वारेमा शाखा प्रवन्धक यानु बुढा र सञ्चालनसंस्थाका सह सचव गण्डकी थापा अधिकारीले गरेका थिए ।
२०४९ असोज २६ गतेका दिन तित्याङबाट स्थापीत संस्थाले हाल देशका ६ वाटा जिल्लामा २१ वटा कार्यालयहरु र १३० जना कर्मचारीहरु मार्फत ग्रामिण भेगमा रहेको गरिव, विपन्न तथा पछाडि पारे पारिएका वर्गहरु माझ लघुवित्त कार्यक्रम मार्फत वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । संस्थामा हाल ३८ हजार सदस्यहरु, ५५ करोड बचत, ८९ करोड लगानीमा रहिरहेको ऋण, १४ करोड कोष र १ अरब १४ करोड बरावरको सम्पत्ती रहेको संस्थाका प्रवन्धक संगिता शर्मा पौडेलले जानकारी गराएकी थिइन ।