११ कार्तिक २०८३, मंगलवार

 

महिलाहरुको आर्थिक शशक्तिकरणमा सिवाईसीले पु¥याएको योग्दान प्रशंसनीय–नगरप्रमुख गैरे

गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले महिलाहरुको आर्थिक शशक्तिकरणमा सिवाईसी लघुवित्त कार्यक्रमले पु¥याएको योग्दना प्रशंसनीय रहेको बताएका छन् ।
चारतारे युवा क्लव सिवाईसी नेपालद्धारा सञ्चालीत लघुवित्त कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिको तेहौं दिनको कार्यक्रम अन्तर्गत सिवाईसी नेपाल हटिया शाखा अन्तर्गत आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतीथि गैरेले उक्त कुरा बताएका हुन । लघुवित्त कार्यक्रमले सानो सानो कर्जा प्रवाह मार्फत ग्रामिण क्षेत्रका महिलाहरुलाई उद्यम सिर्जना गराई उनीहरुकोे आर्थिक र सामाजिक जिवनस्तर परिवर्तन ल्याएको गैरैको भनाई थियो ।
नेपालको राजनैतीक परिवर्तन पश्चात गल्कोट नगरपालीकामा निर्मित स्थानीय सरकारले लघुवित्त कार्यक्रमलाई अझै संस्थागत बनाएर गल्कोट क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिमा सहकार्य गर्ने गैरेले बताएका थिए । ग्लकोट नगरपालीकामा अवस्थित संस्थाहरुलाई नियमसंगत चल्न आग्रह गर्दै गैरेले वित्तीय संघ संस्थाहरुलाई व्यवस्थीत र देखिएका विकृतीलाई समाधान गर्नका लागि गल्कोट नगरपालीकाले छिट्टै नयाँ नीति ल्याउन लागिरहेको समेत गैरेले बताएका थिए ।
कार्यक्रममा गल्कोट नगरपालिकाका उपप्रमुख रेनुका काउचाले सिवाईसी लघुवित्त कार्यक्रमले महिलाहरुको आर्थिक शशक्तिकरण तथा नेतृत्व विकासमा गरेका कार्यहरुको प्रशंसा गरेकी थिईन । गोष्ठिमा ग्लकोट न.पा. वडा नं. ३ का वडा अध्यक्ष विरजञ्ग भण्डारी, सिवाईसी साकोस सदस्य सेवाकेन्द्र हटियाका संयोजक रामवहादुर खत्री, सिवाईसी नेपालका पूर्व कार्यसमिति सदस्य विष्णु राना, उद्यमी सदस्य सरस्वती कार्की, लक्ष्मी खड्का, नेत्र कुमारी भण्डारी, हटिया शाखा स्तरीय सञ्जालका प्रवक्ता राधिका भण्डारी, केन्द्र प्रमुखहरुको तर्फवाटकुमारी श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए । सोही क्रममा लघुवित्त कार्यक्रमका सदस्य मिना चोखालले चेतनामुलक गित प्रस्तुत गरेकी थिईन भने कार्यक्रममा रोयल डान्स गु्रपका भरोसा क्षेत्री र सुदीप परियाले नृत्य प्रस्तुत गरेका थिए । नृत्य प्रस्तुत पश्चात संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले उनीहरुको नाममा सिवाईसी साकोसमा रु ५÷५ सयको दिर्घजीवी बचत खाता खोलीदीएका थिए ।
हटिया शाखा अन्तर्गतका केन्द्रप्रमुखहरुको उपस्थिती रहेको कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले समाजमा महिला दिदीवहिनीहरुको शक्ति पहिचानका लागि लघुवित्त कार्यक्रम भएको बताए । पौडेलले लघुवित्त कार्यक्रम भनेको पैसा नभएका गरिवहरुका लागि मात्र भएको भन्ने धैरै व्यक्तिहरुको बुझाई रहेको बताउदै लघुवित्त कार्यक्रम पैसा नभएका गरिवहरुका लागि मात्र नभएर पैसा भएका तर त्यसमा पहुँच पुग्न नसकेका महिला दिदीवहीनीहरुका लागि समेत भएको बताए । पौढेलले सिवाईसीको शक्ति एवम् आधार भनेको सिवाईसी लघुवित्त कार्यक्रमका सदस्यहरु भएकाले सदस्यहरुलाई अलग गरेर सिवाईसीले कुनै पनि कार्यक्रमहरु नगर्ने समेत बताएका थिए । उनले कार्यक्रममा उपस्थित गल्कोट नगरपालीकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षलाई लघुवित्त कार्यक्रमका केन्द्रहरुलाई स्थानीय निकायले शक्तिको रुपमा प्रयोग गरी विकासका साझेदार बनाई अगाडि वढ्न अनुरोध गरेका थिए ।
कार्यक्रममा महिलाहरुको शशक्तिकरण र आय आर्जनमा उल्लेख्य काम गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने ३ वटा केन्द्रलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने केन्द्रहरुमा क्रमशः जागरण आत्मनिर्भर महिला केन्द्र गल्कोट न.पा. ३, हिस्लाङआत्मनिर्भर महिला केन्द्र गल्कोट न.पा. ३. र भण्डारवन आत्मनिर्भर महिला केन्द्र गल्कोट न.पा. १, प्रथम, दृतिय र तृतीय स्थान हाँसील गरेका थिए।कार्यक्रमकै क्रममा संस्थाका सदस्य फुलमती विकलाई समुदायमा सिवाईसी कार्यक्रम अन्तर्गत उपचार खर्च वापत रु. ५ हजार सहयोग प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung