चारतारे युवा क्लव सिवाईसी नेपालको लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालीत लघुवित्त कार्यक्रमको वार्षिक समिक्षातथा योजना तर्जुमा गोष्ठिको पन्ध्रौ संस्करण संस्थाको अक्षते शाखा कार्यालय अन्तर्गत काठेखोलागाउँपालीका वडा नं. २ अक्षतेमा सोमवार सम्पन्न भएको छ ।
अक्षते शाखा कार्यालय अन्तर्गतका केन्द्र प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रमलाई सम्वोधन गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्त कार्यक्रममा जस्तो स्वर्गको परिकल्पना अन्य कुनै कार्यक्रममा नभएको बताए । लघुवित्त कार्यक्रम पैसा लिने र दिने ठाउँ मात्र नभएर सबै महिला दिदीवहीन्ीहरुलाई बोल्न सक्ने, नेतृत्वगर्न सक्ने र सबैलाई शशक्त बनाउने अभियान भएको पौडेलको भनाई थियो । उनले समाजमा देखिएका सम्पूर्ण समस्याको जड भनेको पैसा भएकाले पैसामा सबैको पहुँच पुग्न सकेमा समाजमा हुने विभेद, हिंसा र अपराधहरुको अन्त्यहुने बताउदै सिवाईसी लघुवित्त कार्यक्रमले ऋण र बचतको माध्यमवाट महिला दिदीवहीनीहरुको सम्पत्तीमाथिको पहुँच बृद्धिका लागिकार्य गरिरहेको बताए ।
सिप र जाँगार भएका महिला दिदीवहीनीहरुले सिवाईसी लघुवित्त कार्यक्रम मार्फत प्रवाह भएको सानो सानो कर्जाले पनि धैरै काम गरेका उदाहरणहरु प्रशस्तै भएकाले लघुवित्त कार्यक्रम भनेको केही गर्छु भन्ने हरुका लागि अवसर रहेको पौडेलले बताए । पौडेलले सिवाईसी लघुवित्त कार्यक्रमका सदस्यहरुहरुलाई आवश्यक पर्ने सबै कुराहरुको समाधान सिवाईसीमा रहेको थप्दै सदस्यहरुको आवश्यकता परिपुर्तिकालागि सिवाईसीले जस्तो सुकै कार्य गर्न तयार रहेको समेत बताए । 
कार्यक्रममा सिवाईसी नेपालका पूर्व कार्यसमिति सदस्य ज्ञानकुमारी श्रीस शर्मा, शाखा स्तरीय सञ्जालका सल्लाहाकार उजेली नीउरे, शाखा स्तरीय सञ्जालका उपनिर्देशक विष्णु किसान, वडा स्तरीय सञ्जाल रशेका निर्देशक सिता थापा (कविता),शाखा स्तरीय सञ्जालका निर्देशक उजेली शर्मा, केन्द्र प्रमुखरुको तर्फवाट मनु कुँवर, उद्यमी सदस्य रमुना सुनार, चन्द्रापुन, प्रगती आत्मनिर्भर महिला केन्द्र लेखानीका चित्रकला क्षेत्री लगाएतले मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत तथा शाखा कार्यालयको प्रगतिको वारेमा शाखा प्रवन्धक रुपा थापा र सञ्चालन एवम् सम्पूर्ण संस्थाको बारेमा जानकारी प्रवन्धक संगिताशर्मा पौडेलले जानकारी गराएकी थिइन ।
२०४९ असोज २६ गतेका दिन तित्याङबाट स्थापीत संस्थाले हाल देशका ६ वाटा जिल्लामा २१ वटा कार्यालयहरु र १३० जनाकर्मचारीहरु मार्फत ग्रामिण भेगमा रहेको गरिव, विपन्नतथा पछाडि पारिएका वर्गहरु माझ लघुवित्त कार्यक्रम मार्फत वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । संस्थामाहाल ३८ हजार सदस्यहरु, ५५ करोड बचत, ८९ करोड लगानीमा रहिरहेको ऋण, १४ करोड कोष र १ अरब १४ करोड बरावरको सम्पत्ती रहेको छ ।







































































































































































































