२५ असार २०८२, बुधबार

 

गाउँपालिकाको आयोजनामा सहकारी संस्थाका संञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम

नीसीखाला गाउँपालिकाको आयोजनामा गाउँपालिकामा स्थापना भई सञ्चालनमा रहेका सहकारी संस्थाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले २ दिने सहकारी संबन्धि क्षमताअभिबृद्धि तथा अन्तरक्रिया कार्यक्रम बुधवारबाट नीसीखोला गाउँपालिकामा सुरुवात भएको छ ।
नीसीखोला गाउँपालिका स्थित रहेका ११ वटा सहकारी संस्थाहरुका सञ्चालक समिति ,उपसमिति र शेयर सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्षता रानाथपौडेलले गरेका थिए । कार्यक्रमको उद्घाटन सत्रलाई संवोदन अध्यक्षपौडेलले नीसीखोला गाउँपालिकाको समृद्धि र विकासमा यहाँका सहकारी संस्थाहरुसंग सहकार्य गरी अगाडि वढ्ने बताएका थिए । पौडेलले ग्रामीण अथर्तन्त्र विकासमा सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउदै यहाँका सहकारी संस्थाहरुको संस्थागत विकास र सुदृढिकरणमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा विशिष्ट अथिति नेफ्स्कूनका सञ्चालक चण्डिप्रसादशर्मा पौडेलले संस्था सञ्चालनका क्रममा आउने विभिन्न समस्या तथा चुनौतीहरुलाई समाधान गर्नका लागि सञ्चालकहरु दक्ष र क्षमतावान हुनुपर्ने धारण राखेका थिए । पौडेलले सहकारी संस्थाहरुलाई स्थानीयतहमा हस्तान्तरण पश्चात जिल्लामै पहिलो पटक नीसीखोलागाउँपालिकाले यस्तो कार्यक्रमको आयोजना गरेकोमा प्रशंसा गरेका थिए । नीसीखोला गाउँपालिकाका वडा अध्यक्षको तर्फवाट वडा नं. ४ का टीकानीधि पौडेल, झिम्पा साकोसका कोषाध्यक्ष भोटुकुमारी चन्द, नीसी वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमवहादुर घर्ति, देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाका लेखा संयोजक हेमवहादुर कुँवर, देवी दोभान साकोसका प्रवन्धक होमकुमारी राम्जाली लगाएतले मन्तव्य राखेका थिए ।

२ दिनसम्म सञ्चालन हुने तालिम कार्यक्रममा सहकारीको अर्थ परिभाष, सिद्धान्त, मुल्यमान्यताहरु, सदस्य, शेयर, बचत, ऋण, समिति उपसमितिको काम कर्तव्य र अधिकार, सहकारी ऐन २०७४, सम्पत्ती शुद्धीकरण, सहकारीमा कोषको व्यवस्था लगाएतका विषयमा नेफ्स्कूका सञ्चालक पौडेल, काठेखोला गाउँपालिकाका वडा अध्यक्ष एवं जनसेवा सकोसका अध्यक्ष खड्क थापा मगर र जिल्ला सहकारी संघ लि. बागलुङका सचिव तेजेन्द्र थापाले सहजिकरण गर्ने निसीखोला गाउँपालिकाले जानकारी दिएको छ ।

कार्यक्रम नीसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षता, उपाध्यक्ष शोभाकुमारी कार्कीको स्वागत र लेखापाल भिमसेन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung