३२ असार २०८२, बुधबार

 

कर्णाली प्रदेशको समृद्धिका लागि सहकारी अपरिहार्य – मन्त्री केसी

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीको समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले राष्ट्रिय सहकारी बैंकको प्रभावकारी सेवा प्रवाहको सन्दर्भमा सहकारी संघ÷संस्थाबीच सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा बिहीवार आयोजना गरिएको अन्तक्रिया कार्यक्रमको सो अभिव्यक्ति दिएका हुन् ।
‘सहकारीले यस क्षेत्रको हाइड्रोवापर, पर्यटन र जडिबुटीको क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्छन् । यसका लागि हामी सहकारीसँग मिलेर हातेमातो गरेर समृद्ध कर्णाली निर्माणमा प्रतिबद्ध छौं,’उनले भने, ‘सरकारको बजेटमा सहकारीलाई महत्व दिइने छ र सहकारीहरुले पनि अब व्यवसायीकतातर्पm अग्रसर हुनुपर्छ ।’
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको योगदान अपरिहार्य रहेको औल्याए । उनले भने, ‘कर्णाली प्रदेशमा सहकारीको सृदुढीकरणका लागि महासंघ, सहकारी बैंक तथा केन्द्रीय संघहरुले तालिम तथा शिक्षामा केन्द्रित कार्यक्रम गर्न योजना बनाइरहेका छन्,।’
राष्ट्रिय सहकारी बैंकका प्रबन्ध संचालक के बी उप्रेतीले सहकारी बैंकको पछिल्लो अवस्थाबारे प्रकाश पार्दै आगामी दिनमा बैंकले चाल्ने कदमको विषयमा जानकारी गराएका थिए । उनले सहकारी बैंकले सहकारी संघ÷संस्थालाई समस्या पर्दा सहयोग गर्ने र सबैको विश्वास जितेर बैंक अगाडी बढ्ने बताए ।
बैंकका संचालक हरिहरनाथ योगीले सुर्खेतमा सहकारी बैंकले शाखा संचालन गरेर सहकारी संघ÷संस्थाहरुलाई सहयोग गरेको बताउँदै भने ‘सहकारीहरुले आफ्नै बंैक राष्ट्रिय सहकारी बैंकमा नियमित कारोबार गर्न अनुरोध गर्दछु ।’
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक पदम दाहाल, जिल्ला सहकारी संघका अध्यक्ष अमृत विसी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णबहादुर भण्डारी, जिल्ला कृषि सहकारी संघका अध्यक्ष पंञ्चकला रावत, सहकारी विज्ञ दिप रावल, राष्ट्रिय सहकारी महासंघका सञ्चार अधिकृत रामसुधन तिमिल्सिना, शाखा समन्वय उपसममितिका सदस्य ओमप्रकाश सुवेदी लगायतले आफ्नो धारणा राखेका थिए । सो अन्तक्रिया कार्यक्रममा २ सय २० जनाको सहभागीता रहेको थियो ।
सुर्खेत जिल्लामा रहेका २ सय ५५ सहकारी संघ संस्थाहरु राष्ट्रिय सहकारी बैंकमा सदस्य रहेका छन् । शाखाले ४१ करोड निक्षेप संकलन र २५ करोड कर्जा लगानी गरेको शाखा प्रमुख सागर योगीले जानकारी दिए ।
सो अवसरमा सहकारी बैंक सुर्खेत शाखामा आ.व. २०७३÷०७४ मा उत्कृष्ट कारोबार गर्ने जनकल्याण वचत तथा ऋण सहकारी संस्था र नियमित कारोबार गर्ने उपकार बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो ।
बैंकले देशभरका ४४ शाखा र मुख्य शाखा मार्फत उत्कृष्ट र नियमित कारोबार गर्ने एक एक वटा सहकारी संस्थालाई पुरस्कृत गर्दै आएको छ । बैंकको साधारणसभामा केन्द्रीय स्तरमा समेत पुरस्कार वितरण गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung