मकवानपुर । ग्लोबल आइएमई बैंकले मकवानपुर जिल्लाका दुई स्थानबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले मकवानपुरको थाहा नगरपालिका –९ चित्लाङ्गमा ८८औँ र मकवानपुरगढी गाँउपालिका – ५ धादिङ्ग बजारमा ८९औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२९ शाखा, १३१ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८९ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त बैंकिङ्ग सेवा दिइरहेको छ ।













































































































































































































