मालीका गाउँपालिका ४ ओखरबोटमा शुक्रबार लगबहादुर शिरपालीको अध्यक्षतामा ११ सदस्यीय वडा स्तरीय दलीत सञ्जाल गठन भएको छ ।लालमन रसाईली उपाध्यक्ष, धनमाया दर्जी कोषाध्इक्ष र बालकुमार सेञ्चुरी सचिव रहेको सञ्जालको सहसचिवमा डिलबहादुर सेञ्चुरी, सदस्यहरुमा रसमाया खड्काथोकी, दलबहादुर सिरपाली, पथिसरा बिक, पूर्णबहादुर रसाईली, ललराम सिर्पाली र जोखे दर्जी रहेका छन् ।
सोही अवसरमा ओखरबोटका अगुवाहरुलाई नेपालको संविधान २०७२ ले दलित समुदायको अधिकारका लागि गरेका ब्यवस्था, जातीय बिभेद तथा छुवाछुत सम्बन्धि कसुर ऐन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले संविधानले गरेका ब्यवस्था र अधिकारको उपभोग गर्दै दलित समुदाय सामाजिक परिवर्तनका लागि अग्रसर बन्नुपर्ने बताए । वडा सदस्य उद्बिर रसाईलीको अध्यक्षता, दलबहादुर खड्काथोकीको सञ्चालन, लालमन रसाईलीको स्वागतमा सम्पन्न कार्यक्रमको छवी विश्वकर्मा र बालकुमार रसाईलीले सहिजकरण गरेका थिए ।
यसैगरी जनजाती नेता रेशम पुन, गर्बी गुरुङ र बालकुमार रसाईलीले मन्तब्य व्यक्त गरेका थिए ।



















































































































































































































