
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका सम्वाददाता सिर्जना पन्तका पिताको निधनप्रति शोक व्यक्त गर्दै बुधवार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बागलुङ नगरपालिका—३ निवासी संस्थाका शेयर सदस्य सीता पन्तका श्रीमान, संस्थाका कर्मचारी सिर्जना पन्त, शेयर सदस्य सम्झना पन्त र साधना पन्तका बुवा तथा सन्तोष क्षत्रीका ससुरा बुवा जनकराज पन्तको असामयिक निधन प्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।
संस्थाले १२ औँ पुण्य तिथी पारेर दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा एवं राहत रकम हस्तान्तरण गरेको हो ।
हरेक दिन एक जना शेयर सदस्यबाट एक रुपैँया संकलन गरी स्थापना गरिएको राहत कोषबाट संस्थाले विपत तथा दुःख पर्दा शेयर सदस्यका परिवारलाई सहयोग गर्दै आइरहेको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिए । संस्थाका शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधन हुँदा ५ हजार राहत प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।
संस्थाका शेयर सदस्य सिता पन्त र साधना पन्तको ५÷५ हजार रुपैँया संस्थाका उपाध्यक्ष अञ्जु जिसी, कोषाध्यक्ष अनन्त खड्का, सञ्चालक सदस्य शान्ति श्रेष्ठ, शेयर सदस्य दुर्गाबहादुर खत्री र रवि सुवेदीले परिवारका सदस्य सिर्जना पन्तलाई १० हजार रुपैँया राहत रकम हस्तान्तरण गरेका थिए ।आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षतामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको थियो ।
साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक र अग्रस/ साप्ताहिक पत्रिका प्रकाशनका साथै वचत तथा ऋण लगायत सामाजिक विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
संस्थामा हाल १२ सय जना शेयर सदस्य, २ करोड ८० लाख शेयर रकम, ८ करोड बचत र ११ करोड कर्जा लगानी रहेको उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिए ।