हामी सेवा गर्छौ भन्ने उदेश्यले गठन भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ३२५ बि १ नेपाल अन्तर्गत दुईवटा जोनको संयुक्त प्रि जोन मिटिङ बागलुङ सदरमुकाममा सम्पन्न भयो ।
जोन ३४ अन्तर्गत लायन्स क्लब अफ धौलागिरि बागलुङ लायन्स क्लब अफ बागलुङ कालिका लायन्स क्लब अफ बागलुङ सिटी लायन्स क्लब अफ बागलुङ पन्चकोट र जोन ३५ अन्तर्गत लायन्स क्लब अफ बागलुङ लायन्स क्लब अफ कालिगण्डकी, लायन्स क्लब अफ बागलुङ गलकोट सिटी र लायन्स क्लब अफ बागलुङ पिस टाउनको संयुक्तरूपमा भएको संयुक्त बैठकले मानविय सेवामा सामाजिक सेवाको क्षेत्रमा अहिले लायन्सको उभार छाइरहेको छ यो सकारात्मक पक्ष भएको धारणा राखेका थिए ।
लायन्स गैर राजनीति संस्था भएको कारणले पनि अहिले नेपालको शहरदेखि गाउँ गाउँमा फैलिएको अब सबै मिलेर जाने हो भने काम गरेर देखाउन धेरै सहज हुने धारणा सहभागीहरूले गरेका थिए ।
कार्यक्रममा लायन बर्ष २०१८ र१९ लायन्स क्लब अफ धौलागिरि बागलुङका प्रथम उपाध्यक्ष राजन शाक्य लायन्स क्लब अफ बागलुङ कालिकाका अध्यक्ष केशव थापा लायन्स क्लब बागलुङका अध्यक्ष प्रकाश चालिसे लायन्स क्लब अफ कालिगण्डकिका अध्यक्ष अनुप रिजाल लायन्स क्लब अफ बागलुङ पन्चकोटका अध्यक्ष तेजप्रसाद शर्मा लायन्स क्लब बागलुङ पिस टाउनका अध्यक्ष सनिसा घर्तीले आफ्नो क्लबले एक बर्षमा गरिने कार्यक्रम कार्य योजना पेश गरेका थिए ।



















































































































































































































