९६ औं अन्तराष्ट्रिय सहकारी दिवस, २४ औं संयुक्त राष्ट्र संघ अन्तराष्ट्रिय सहकारी दिवस र राष्ट्रिय सहकारी महासंघको २५ औं स्थापना दिवसको अवसर पारी कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्रलाय, राष्ट्रिय सहकारी महासंघ र संयूक्त राष्ट्र संघ (यु.एन.डि.पी)नेपालको संयुक्त आयोजनामा “दिगो समाज र सहकारीsustainable Societies through cooperation भन्ने मुल नाराका साथ काठमाण्डौको होटल हिमालयमा आयोजित एक कार्यक्रममा बागलुङ स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङलाईउत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतीथी कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री माननीय चक्रपाणी खनालद्धारा प्रदान गरिएको पुरस्कार तथा सम्मान सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले ग्रहण गरेका थिए ।
संस्थालाई सहकारी व्यवसायको माध्यमद्धारा सदस्यहरुको आर्थिक सामाजिक तथा सास्कृतीक उत्थानमा योग्दान पु¥याए बापत नेपालको सहकारी आन्दोलनको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघले उक्त पुरस्कार तथा सम्मान प्रदान गरेको होे । कार्यक्रममा देशका विभिन्न जिल्लाहरुबाट उपस्थित सहकारीकर्मीहरुलाई सम्वोधन गर्ने क्रममा प्रमुख अतीथी माननीय मन्त्री खनालले नीती र विधीको सही तारतम्य मिल्न सकेमा सहकारी अभियान मार्फत दिगो विकास लक्ष्य २०३० प्राप्त गर्न नेपाल सफल हुने धारण व्यक्त गरेका थिए ।
उनले नेपालका केही सहकारी संस्थाहरुले आफुलाई उत्पादनमुखी व्यवसाय तर्फ लगेपनी नेपालमा खेतीयोग्य जमीनको अभावका कारण समस्या सिर्जन भईरहेको बताए । मन्त्री खनालले व्यवसायीक रुपमा खेती गनुपर्छ भन्ने राम्रो चेतना सहकारी र नीजि क्षेत्रमा आएपनी जमीनहरु खण्डीकरण भएकाले सरकारले कृषि व्यवसाय गर्नका लागि जमीन उपलब्ध गराउन नसकीरहेको बताएका थिए । राष्ट्रको मुल ऐजेण्डा भनेको विकास भएकाले सहकारी मार्फत कृषि व्यवसायलाई अगाडि वढाई व्यवसायीक कृषि प्रणाली मार्फत दिगो आर्थिक विकास गर्नुपर्नेमा समेत मन्त्री खनालले जोड दिएका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले अव सहकारी संस्थाहरुले उत्पादन तथा गुणस्तरमा जोड दिनु पर्ने एवं वद्लीदो परिवेश अनुसारको प्रविधिलाई अनुशरण गर्दै जानुपर्नेमा जोड दिएका थिए । बोल्ने वक्ताहरुमा पूर्व उपप्रधान तथा अर्थ मन्त्री एवं महासंघका सल्लाहाकार भरतमोहन अधिकारी,पूर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघका सल्लाहाकार गणेश शाह, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष एवं पूर्व राज्य मन्त्री दिपकप्रकाश वास्कोटा, संयुक्त राष्ट्र संघका कन्ट्री डाईरेक्टररिनाउड मियर, राष्ट्रीय योजना आयोगका उपाध्यक्ष माननीय पुष्पराज कँडेल, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, महासंघका उपाध्यक्ष एवं आई.सी.ए. ग्लोवलका वोर्ड मेम्वर ओमदेवी मल्ल लगाएतले आफ्ना भनाईहरु राखेका थिए ।
भने सोही क्रममा कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपिनाथ मैनालीले दिगो समाज र सहकारी विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमकै क्रममा संयुक्त राष्ट्रसंघले पारीत गरेको दिगो विकास लक्ष्यको बुदा नं. १२ प्राप्तीका लागि संयूक्त रुपमा प्रतीवद्धता पत्रमा हस्ताक्षर गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा देशभरबाट उत्कृष्ट सहकारी संस्थाहरुलाई पुरस्कृत गरिएको थियो । सोही क्रममा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङलाई राष्ट्रिय सहकारी महासंघले सदस्य संघहरुको व्यवस्थापकीय क्षमता अभिबृद्धिका लागि सहकारी संघ सुदृढिकरण तथा पुर्नउत्थान कार्यक्रम अन्तर्गत एक थान कम्प्यूटर हस्तान्तर गरेको थियो ।
प्रमुख अतीथी मन्त्री खनालद्धारा प्रदान गरिएको कम्पयूटर संघका सञ्चालक चीनीमाया कालाले ग्रहण गरेका थिए । सोही क्रममा देशका विभिन्न १० वटा संघहरुलाई एक÷एक थान कम्प्युटर हस्तान्तरण गरेको थियो । महासंघका अध्यक्ष केशव वडालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको रघुराम विष्टले स्वागत तथा कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महासंघका का.मु. महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुव्वाले गरेका थिए ।



















































































































































































































