१० कार्तिक २०८३, सोमबार

 

सकरात्मक सोच, उद्यमशिलता विकास र उद्घोषण तालिम सुरु

चारतारे युवा क्लव, नेपालको आयोजना र जिल्ला युवा समिति बागलुङको सहयोगमा बागलुङ नगर भित्रका उद्यमीहरुका लागि २ दिने सकरात्मक सोच, उद्यमशिलता विकास र उद्घोषण तालिम बिहीवारबाट बागलुङको होटल दि राजनमा सुरुवात भएको छ ।

उद्यमीहरुलाई सकरात्मक सोच मार्फत बोल्ने कलाको विकास गरी आफ्ना उद्यम तथा उत्पादनहरुको प्रचार प्रसार गरी बजारीकरण गर्न सहयाग पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन सिवाईसी नेपालका संरक्षक पद्मनाथ शर्मा पौडेलले गरेका थिए । उद्घाटन पश्चात कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले स्वदेशमै उद्यमहरु सिर्जना गरी अहिले भईरहेको युवाहरुको वैदेशिक पलायनलाई रोक्नुपर्ने धारण राखेका थिए । लक्षीत वर्गलाई उद्यमशिलता विकास तथा रोजगारमुलक तालिम प्रदान गरी वेरोजगार हटाउने र स्वदेशमै आय आर्जनको दायरा बढाउने तर्फ सरकारको ध्यान जानुपर्ने पौडेलको भनाई थियो ।

कार्यक्रममा विशिष्ट अतीथि जिल्ला युवा समिति वागलुङका अध्यक्ष विष्णु पौडेलले युवाहरु राजनैतीक रुपमा मात्र प्रयोग भईरहेको सन्दर्भमा युवा विकास समितिले युवाहरुमा उद्यमशिलता विकास सम्वन्धि कार्य गरिरहेको बताए । युवाहरुमा देखिइरहेको विदेशप्रतीको मोहलाई रोक्नका लागि युवा विकास समितिले विभिन्न तालिम तथा शिक्षाको माध्यमवाट स्वदेशमै उद्यमी बन्ने बातावरण सिर्जना गर्न लागिरहेको पौडेलको भनाई थियो ।

कार्यक्रममा सिवाईसी नेपालका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले देश समृद्ध भएमा मात्र अन्तराष्ट्रिय जगतमा नेपाल तथा नेपाली जनताहरुको शान बढ्ने धारण व्यक्त गरेका थिए । स्वदेशि तथा विदेशि श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्यमशिल, दक्ष, सीपयूक्त, जनशक्ति विकास गरी देशमा रहेको बेरोजगारी न्यूनीकरण गर्नमा सम्पूर्ण संघ संस्था तथा सम्वन्धित निकायहरु लाग्नुपर्ने पौडेलको भनाई थियो । पौडेलले आगामि आ.व. मा वित्तीय साक्षरता र उद्यमशिलता मार्फत संस्थामा आवद्ध ५ हजार मानीसहरुलाई धनी बनाउने संस्थाको योजना रहेको बताएका थिए ।

कार्यक्रममा तालिमका सहजकर्ता एवं सञ्चारकर्मी शुष्मा पौडेल, धौलागिरी युवा क्लव भकुण्डेका अध्यक्ष विष्णु शर्मा, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सचिव विष्णुराज पौडेल लगाएतले आफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, कार्यसमिति सदस्य सीता शर्माको स्वागत र संस्थाका प्रवन्धक संगिता शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung