११ कार्तिक २०८३, मंगलवार

 

काठेखोलाको नीति तथा कार्यक्रम पारित

काठेखोला गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले विभिन्न विधेयकहरु पारित गर्दै आर्थिक बर्ष ०७५र७६ का लागि बजेट नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । आगामी बर्षका लागि गाउँपालिकाले कुल ३२ करोड ७९ लाख ८९ हजार ४ सय १५ रुपैँयाको बजेट प्रस्ताव गरेको छ ।

गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले प्रस्तुत गरेको बजेट नीति एवं कार्यक्रममा सडक निर्माण, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रहरुको सुधार गर्दै जाने गरी योजना ल्याइएको छ । कुल बजेट मध्य पुँजीगत तर्फ ९ करोड ४९ लाख ३३ हजार ८ सय ३८ रुपैँया र चालु तर्फ ३ करोड ६१ लाख रुपैँया रहेको गाउँपालिका अध्यक्ष थापाले जानकारी गराए । यस्तै १९ करोड ३० लाख रुपैँया सडक, स्वास्थ्य लगायतका पुर्वाधार विकास एवं पर्यटन विकासका शिर्षकहरुमा बजेट खर्च गर्ने गरी शसर्त बजेट बिनियोजन भएको गाउँपालिकाले जनाएको छ ।

गाउँसभाले आगामी बर्षको नीति कार्यक्रम प्रस्तुत गर्नुका साथै बिनियोजन ऐन २०७५, आर्थिक ऐन २०७५ लाई पारित गरेको छ । सभाले सोही अवसरमा न्यायिक समिति पनि गठन गरेको छ । जसको संयोजकमा अर्जुन केसी, सदस्यमा टिका संगम बिक र चित्रकुमारी थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung