While we slept cozily last night, DCW @SwatiJaiHind & team rescued 16 girls from claws of traffickers. Operation went on for hours and Swati was on the ground the whole time coordinating police and DCW rescue teams. Actions prove what a revolution Swati has been!
भारत हुँदै अवैध रूपमा कुवेत र इराक पठाउन लागिएका १६ नेपाली महिलालाई नयाँ दिल्लीस्थित एउटा घरबाट उद्धार गरिएको दिल्ली महिला आयोगकी अध्यक्षले बताएकी छन्।
चेलीबेटी बेचबिखनविरुद्ध काम गर्ने केआई नेपाल नामक संस्थाका सदस्यहरूले दिएको सूचनाका आधारमा नयाँ दिल्लीको मुनिरका भन्ने स्थानबाट उनीहरूलाई मङ्लवार मध्यरातपछि उद्धार गरिएको हो।
दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले बीबीसी नेपाली सेवासँग टेलिफोनमा कुरा गर्दै बुधवार भनिन्, “नेपाली संस्थाबाट आएको सूचनाका आधारमा हामीले प्रहरीको सहयोग लिई कुवेत र इराकमा बेच्न पठाउन लागिएका १६ नेपाली महिलाहरूलाई उद्धार गरेका छौँ।”
उद्धार गरिएका सबै महिलाको उमेर १८ देखि २२ वर्षसम्म रहेको उनले बताइन्।
ती महिलाहरूलाई मुनिरकाको एउटा घरमा राखिएको पाइएको थियो।
‘बेच्न लागिएको’
केही वर्षदेखि नेपालले जोर्डनबाहेक अन्य खाडी मुलुकमा महिलाहरूलाई घरेलु कामदारका रूपमा काम गर्न जान अनुमति दिएको छैन।
उनका अनुसार दलालहरूले सात जनालाई पहिले नै इराक र कुवेत पठाइसकेको जानकारी गरिएका उद्धार गरिएका महिलाहरूले दिएका छन्।
सबै नेपाली महिलालाई राम्रो काम लगाइदिने आश्वासन दिएर दलालले खाडी देशमा बिक्री गर्न लागेको पाइएको उनको दाबी छ।
तर कसैलाई पनि पक्राउ गरिएको छैन।
दिल्ली महिला आयोगका अनुसार प्रहरीमा उजुर दर्ता गरिएको छ र महिलाहरूलाई खाडी देशमा त्यसरी लैजाने गिरोहका सदस्यहरूको खोजी गरिने प्रहरीले आश्वासन दिएको छ।
स्वदेश फिर्ता गरिने
तस्वीर कपीराइटPHOTO: GAUTAM RMSमालीवालले बुधवार नै भारतकी केन्द्रीय महिला तथा बाल विकास मन्त्री मेनका गान्धीलाई भेटेर नेपाल र भारत मिलेर नेपाली महिलालाई भारत हुँदै अवैध रूपमा विभिन्न देश पठाउने कार्य रोक्न सहकार्यका लागि आह्वान गरेको जानकारी दिइन्।
मालीवालले दिल्लीस्थित कार्यवाहक नेपाली राजदूत भरतकुमार रेग्मीलाई भेटेर उद्धार गरिएका महिलालाई नेपाल फिर्ता गर्ने प्रबन्ध मिलाउन आग्रह गरेकी छन्।
नेपाली राजदूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले ती महिलाहरूलाई प्रक्रिया पुर्याएर स्वदेश फिर्ता गरिने बताए।

































































































































































































