१० कार्तिक २०८३, सोमबार

 

साझा चौतारी युवा उद्यमशील सहकारी द्धारा बैँकिङ सेवा शुभारम्भ

बागलुङको एक सहकारीले आफना शियर सदस्यलाई विद्युतिय वित्त सेवा प्रदान गर्ने भएको छ । साझा चौतारी युवा उद्यमशील सहकारी सस्था लिमिटेड बागलुङले शनिवार प्रारम्भीक साधारण सभाको अवसरमा मोबाईल बैँकिङ सेवा शुभारम्भ गरेको हो । सहकारीले हरेक शेयर सदस्यलाई मोबाईलबाटै मौज्दात सोधपुछ, मिनी स्टेटमेन्ट, ब्यालेन्स ट्रान्सफर, मोबाईल रिचार्ज, पानी बिजुलीको बिल भुक्तानी एवं कार्डलेस एटिएम सेवा प्रदान गर्ने बताएको छ । कार्यक्रममा शेयर सदस्य हरुलाई मोवाइल वैकिङको वारेमा जनकारी गराईएको थियो ।

सफ्टवयर र मोवाईल एप मार्फत घरबाटै एकबाट अर्को खातामा रकम पठाउन सकिने छ । पायनियर एशोसीयट्सको प्राविधिक सहयोगमा सहकारीले आफ्नै मोवाईल एप तयार पारेको छ । पायनियर एशोसीयट्सका प्राविधिक मनोज श्रेष्ठले सहकारी संस्थाको आर्थिक कारोबारलाई विश्वसनीय बनाउन मोवाईल एप प्रबिधि प्रभावकारी भएको बताए । बागलुङ नगर कार्यपालिका वाट पारित सहकारी एन २०७४ वमोजिम १ नम्वरमा दर्ता भएको सहकारीले फरक पहिचानका साथ संचालन गर्ने तायारी गरेको सचिव बावु डियर हमालले वताए ।

प्रारम्भीक साधारण सभाको उद्घाटन समारोहमा वोल्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले आफ्नो पुजी जोगाउन र नाफा कमाउन पछिल्लो सयम सहकारीमा लगानी गर्ने क्रम वढेको वताएका छन् । १० लाख भन्दा वढी कारोवार गर्दा श्रोत खुलाउनुपर्ने भएकोले पछिल्लो समय कर घुमाउरो तरिकाले कर छलीको लागी सहकारीमा शियर लगानी गर्ने गरेको वताए । केही सहकारी उदेश्य अनुसार संचालन नभएकोले अव नगरपालिकाले नियम कानुन बनाई नियमन गर्ने वताए ।

साझा चौतारी युवा उद्यमशील सहकारी सस्था प्रारम्भीक समितिका अध्यक्ष मनोज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतम,जिल्ला वहुउद्देश्यिय सहकारी संघका अध्यक्ष दुर्गा वहादुर कुवर,कल्याणकारी सहकारी सस्थाका अध्यक्ष चुडामणी आचार्य सहकारीका कानुनी सल्लाहकार रामवहादुर केसी लगाएतले बोलेका थिए ।

शेयर सदस्य जिवन शर्माले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव वावु डियर हमालले गरेका थिए । ७२ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुजी २५ लाख ४४ह जार ६ सय रहेको छ । हाल सम्म १ करोड ४७ लाख २२ हजार ५ सय ३५ वचत रहेको सहकारीले ४० लाख २ हजार ९ सय ८५ ऋण लगानी रहेको जनाएको छ ।

प्रारम्भीक साधारण सभाले मनोज थापाको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा राजु प्रसाद शर्मा ,महिला उपाध्यक्षमा ऋतु श्रेष्ठ ,सचिव वावुडियर हमाल सहसचिव किरण आचार्य र कोषाध्यषमा राजेश केसी रहेका छन् । समितिको सदस्यमा खिमा खत्री श्रषीराम जैसी,भीमप्रसाद घर्ती र जिवन शर्मा रहेका छन् ।

त्यस्तै नारायण सापकोटा संयोजक र सविता शर्मा तथा भुवानी शंकर आचार्य सदस्य रहनु भएको लेखा सुपरिवेक्षण समिति र टिकावहादुर थापा संयोजक तथा सुरेन्द्र वोहोरा र जीतवहादुर किसान सदस्य रहनु भएको ऋण उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung