२५ असार २०८२, बुधबार

 

सिवाईसीको अवको प्राथामिकता उद्यमशिलता विकासमा

विगत लामो समयदेखि लघुवित्त कार्यक्रम तथा सहकारीको माध्यमवाट आफ्ना सदस्यहरुको वित्तीय तथा गैर वित्तीय आवश्यकता परिपुर्ति लगाएत सामाजिक विकासका कार्यहरु गर्दै आईरहेका जिल्लाका चारतारे युवा क्लव सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ (सिवाईसी गु्रप) ले यस आ.व. ०७५।०७६ देखि सदस्यहरु मार्फत उद्यमशिलता विकासका कार्यहरुलाई प्राथामीकतामा राखी अगाडि बढ्ने जनाएको छ ।

सोमवार देखि बागलुङ बजारमा आयोजीत ६ दिने क्रिस्टल गहना निर्माण सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम उद्घाटनका क्रममा सिवाईसी गु्रपका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सो कुरा बताएका थिए । पौडेलले लामो समयदेखि संस्थाहरुले वित्तीय तथा गैरवित्तीय कारोवार गरेतापनी सदस्यहरुले गरेको प्रगती मापनयोग्य नभएको बताउदै यस आ.व.मा संस्थाले आफ्ना ५ हजार सदस्यहरुका लागि उद्यमशिलता विकास र वित्तीय साक्षरता तालिम मार्फत उनीहरुलाई धनी बन्ने दिशा तर्फ लैजाने संस्थाको योजना रहेको बताए ।

कार्यक्रममा संस्थाका संरक्षक एवं वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेलले महिलाहको आर्थिक विकास नभएसम्म देशको समृद्धी असम्भव रहेको बताएका थिए । सोही क्रममा तालिमका प्रशिक्षक कमला सुवेदीले आत्मनिर्भरताका लागि सिपको आवश्यकता हुने बताउदै यस तालिम लिईसकेपछी यसलाई व्यवसायको रुपमा लैजान सकेमा सजिलै मासिक ३० देखि ४० हजार रुपैया आम्दानी गर्न सकिने बताएकी थिईन ।
कार्यक्रममा मुसीकोट नगरपालीकाका जनप्रतिनीधि बालकुमारी रासकोटी, सिवाईसी साकोसका प्रवन्धक नवराज शर्मा लगाएतले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

६ दिनसम्म सञ्चालन हुने तालिममा बागलुङ र गुल्मी गरी सिवाईसीका ३५ जना उद्यमी सदस्यहरुको उपस्थिती रहेको छ । तालिममा सहभागिहरुलाई क्रीस्टलको प्रयोग गरी माला चुरा, औंठी, लकेट लगाएतका विभिन्न प्रकारका गहना बनाउन सिकाउने प्रशिक्षक सुवेदीले बताईन ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन सत्रमा स्वागत सिवाईसी साकोसका उपाध्यक्ष गितादेवी रेग्मी र सञ्चालन सिवाईसी नेपालका सह–सचिव गण्डकी थापा अधिकारीले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung