बागलुङ जिल्लाभित्र क्रियाशिल रहेका ८ वटा लायन्स र ३ वटा लियो क्लवहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सम्पूर्ण लायन्स तथा लियो क्लवहरुको वर्ष २०१८–१९ का लागि छानिएका नयाँ पदाधिकारीको पदस्थापन गरिएको हो । शनिबार बागलुङ बजारमा एक कार्यक्रम गरि संयुक्त पदस्थापन गरिएको हो ।
कार्यक्रममा बोल्दै लायन्स क्लव ईन्टरनेशनलका एलसीआईएफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटीले बागलुङमा लायन्स र लियो क्लवको संख्या र सदस्यता दुबैमा उल्लेख्य बृद्धि भएको भन्दै खुशी ब्यक्त गरे । उनले सम्पूर्ण लायन्स र लियो क्लवहरुमा नयाँ बर्षका लागि छनोट भएका नेतृत्वकर्ता, पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापन गरेका थिए । लायन बुर्लाकोटीले क्लवहरु मार्फत सामाजिक क्षेत्रमा पु¥याईएको योगदन महत्वपूर्ण रहेको भन्दै थप सक्रिय भएर क्लवको उद्देश्य अनुरुपका कार्यक्रम अघि बढाउन आग्रह गरे ।
कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रीक ३२५ वि वान नेपालका डिष्ट्रीक गभर्नर अशोक कुमार श्रेष्ठले ‘दिएर बाँचौँ’ भन्ने उद्घोषसहित वर्ष १८–१९ मा अपाङ्गता र दृष्टिविहिनहरुलाई सहयोग पुग्ने खालका बिभिन्न कार्यक्रम सञ्चालन हुने घोषणा गरे ।
सो अवसरमा लायन्स क्लव ईन्टरनेशनल एफडब्लुसीका मल्टिपल कोअर्डिनेटर लयन धु्रबबहादुर थापा, लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रीक ३२५ वि वान नेपालका फस्ट भाईस डिष्ट्रीक गभर्नर लायन ईन्दु लम्साल, लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रीक ३२५ वि वान नेपालकै सेकेण्ड भाईस डिष्ट्रीक गभर्नर लायन मनबहादुर रोका लगायतले मन्तव्य राखेका थिए ।
बागलुङमा यो बर्ष नयाँ स्थापना भएका तीन वटा लायन्स क्लवको पदस्थापन भएको छ । नयाँ स्थापित लायन्स क्लवहरुमा लायन्स क्लव अफ बागलुङ कालिगण्डकी, लायन्स क्लव अफ बागलुङ पञ्चकोट र लायन्स क्लव अफ पिस टाउन रहेका छन् ।
कार्यक्रमको पदस्थापन सत्रको अध्यक्षता लायन्स क्लव अफ बागलुङका प्रेसिडेन्ट लायन युक्तप्रसाद सुवेदी, स्वागत पिआरओ लायन पार्वती थापा क्षेत्री र सञ्चालन जोन चियर पर्सन एमजेएफ लायन दुर्गा कुँवरले गरेका थिए । पहिलो सत्रमा लायन तथा लियो क्लवहरुका नवआगन्तुक अध्यक्ष, पदाधिकारी तथा नयाँ एवं पुराना सदस्यहरुको पदस्थापन गरिएको थियो ।
दोस्रो सत्रमा बाधाई तथा शुभकामना कार्यक्रम भएको थियो । बधाई तथा शुभकामना सत्रमा सम्पूर्ण क्लवका नयाँ अध्यक्षहरुले आफ्नो क्लवको बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए भने अतिथिबाट उनीहरुलाई बधाई ज्ञापन गरिएको थियो । दोस्रो सत्रको अध्यक्षता लायन्स क्लव अफ धौलागिरी बागलुङका अध्यक्ष बसन्तकुमार श्रेष्ठ र सञ्चालन एमजेएफ लायन भरत शर्माले गरेका थिए ।

क्लब र प्रेसिडेन्टले गरे छुट्टाछुटै आर्थिक सहयोग
पदस्थापन कार्यक्रममा नयाँ स्थापित लायन्स क्लव अफ बागलुङ कालिगण्डकी र लायन्स क्लव अफ धौलागिरीले नेपाल लायन्स फाउन्डेसन तथा ईन्टरनेशनल फाउण्डेसनलाई छुट्टाछुट्टै सहयोग प्रदान गरेका थिए ।
लायन्स क्लव अफ बागलुङ कालिगण्डकीको तर्फबाट नेपाल लायन्स फाउन्डेसनलाई नगद १ लाख ५३ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । लायन्स क्लव अफ बागलुङ कालिगण्डकीकै प्रेसिडेन्ट लायन अनुप रिजालले व्यक्तिगत रुपमा लायन्स क्लव ईन्टरनेशनल फाउण्डेसनलाई एक हजार डलर (एक लाख १० हजार २ सय ५० बराबरको नेपाली रुपैयाँ) सहयोग प्रदान गरेका थिए ।
लायन्स क्लब अफ धौलागिरीले नेपाल लायन्स फाउन्डेसनलाई २५ हजार पाँच सहयोग प्रदान गरेको थियो । लायन्स क्लब अफ धौलागिरीकै प्रेसिडेन्ट बसन्तकुमार श्रेष्ठ र प्रथम उपाध्यक्ष राजनकुमार शाक्यले व्यक्तिगत रुपमा लायन्स क्लव ईन्टरनेशनल फाउण्डेसनलाई एक÷एक हजार डलर सहयोग प्रदान गरेका थिए ।



















































































































































































































