काँठेखोला गाउँपालिका वडा नम्बर–५ बिहुँ राहालेकी एक बालिका मृत अवस्थामा भेटिएकी छन् । बेलुका खाना खाएर सुतेकी चन्द्रबहादुर परियारकी १३ वर्षकी छोरी सुस्मीता परियार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् ।
उनले स्थानीय नवयुवक आधारभुत विद्यालयमा ४ कक्षामा पढ्थिन् । बालिका घरमै झुडिएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनापछि भावह्वील आफन्त र स्थानीय
घटनापछि घटनास्थल पुगेको प्रहरीले उनको शव पोष्ट मार्टमको लागि बागलुङ लगेको छ । घटनाको बास्तबिकता बारे थप अनुसन्धानपछि मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
आर्थिक अवस्था कमजोर रहेको चन्द्रबहादुरको परिवार भुकम्पले भत्किएको घरमा बस्दै आएको थियो । बेलुका राम्रै सुतेकी उनी बिहान मृत अवस्थामा भेटिएकी उनको परिवारजनाले बताएका छन् ।
फिचर फोटोमा मृत भेटिएकी बालिका



















































































































































































































