कृषि विकास बैङ्कले बिमष्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा माइतीघर मण्डला तथा सो क्षेत्रका आइल्याण्डमा रङरोगन तथा साजसज्जा गरी आकर्षक बनाएको छ । बैङ्कले माइतीघर उद्यानभित्र विभिन्न जातका बोटबिरुवा र फूल लगाई गोडमेल गरेर दर्शनीय बनाएको छ ।
बैङ्क आफैले विगत ७ वर्षदेखि सामाजिक सामुदायिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत काठमाडौं महानगर पालिकासँग समन्वय गरि उक्त स्थानको मर्मत सम्भार र संरक्षण गर्दै आएको छ ।






























































































































































































