सुख र दुखमा सगसगै भन्ने अभियानका साथ निलगिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले राहत रकम प्रदान गरेको छ । सहकारी संस्थाले सामाजिक सुरक्षा कोष अन्र्तगत शेयर सदस्य डिल्लीप्रसाद आचार्यकी आमा देवकी आचार्यको निधन भएकोमा राहत प्रदान गरेको हो ।
संस्थाका पदाधिकारीहरुको टोलीले बानपा ४ कुडुले स्थित घरमै गएर राहत रकम हस्तान्तरण गर्नुका साथै शोक सभा गरेको छ । संस्थाका अध्यक्ष नारायण पौडेलले लगाएत पदाधिकारीको एक टोलीले स्वर्गिय आचार्यका आफन्त भोलानाथ आचार्यलाई नगद पाच हजार
रुपैया राहत प्रदान गरेका छन् ।
राहत रकम प्रदान गर्दै अध्यक्ष पौडेलले जन्मेपछि एक दिन हरेक व्यक्तिले संसार छोडनुपर्ने नियमत भएपनि आचार्यको निधनले समाजमा अत्यन्तै अपुरणीय क्षेती पुगेको बताए । उनले यस शोकाकुल घडिमा शोक सन्तप्त परिवार प्रति धौर्य धारण गर्ने शक्ति प्रदान होस भन्ने कामना व्यक्त गरेका थिए ।
शेयर सदस्य तथा परिवारका सदस्यको निधन हुदा सहयोग गरिने कोषबाट संस्थाले शेयर सदस्य आचार्यको आमाको निधन प्रति शोक व्यक्त गर्दै परिवारलाई राहत रकम प्रदान गरेको छ ।
राहत हस्तान्तरण कार्यक्रममा संस्थाका सचिव मिनबहादुर केसी ,कोषाध्यक्ष कृष्णप्रसाद शर्मा, संञ्चालक समिति सदस्यहरु हायश्वर सुवेदी,प्रदिप पन्त,प्रबन्धक डिल्लीप्रसाद शर्माको उपस्थिति रहेको थियो ।
शोक सभा संस्थाका अध्यक्ष नारायण पौडेलको अध्ययक्षता र सचिव मिलन केसीको संचालनमा सम्पन्न भएको थियो । आचार्यको यहि भदौ ६ गते ७३ बर्षको उमेरमा निवासमा निधन भएको थियो । संस्थाले सामाजिक सुरक्षा एवं सामुदायिक दायित्व अन्तर्गतका कार्य एवं गतिविधिहरु संचालन गर्दै आएको छ ।



















































































































































































































