नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकालले सहकारी ऐन कार्यान्वयनको चरणमा नजादा सहकारीहरु अन्योल थपिएको बताउनु भएको छ ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको बागलुङ सदरमुकाम अन्तर्गतको नवौं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी ढकालले सो कुरा बताउनु भएको हो ।
उहाँले ऐनमा व्यवस्था भएका विषयरुलाई पनि सरकारले कार्यान्वयनमा लग्न नसकेको आरोप लगाउनु भएको थियो । सहकारी सम्वन्धि सरकारको स्पष्ट धारण हुँदाहुदै पनि कार्यान्वय नगर्ने पक्षले ढिला सुस्ति र अलमल गर्दा अझै पनि नीतिगत विषयमै सहकारी अभियान अलमल ुपरेको ढकालको भनाई थियो ।
सहकारी अभियानले अव राज्यवाट पाउनुपर्ने विषय के हो भनी खोजी रहेको बताउदै ढकालले सहकारी अभियानका नेतृत्वदायी संस्था नेफ्स्कून र सहकारी महासंघका धारणहरुलाई सरकारले कमजोर ठानेमा सरकाल्रले लिएको सुखि नेपाली समृेद्ध नेपालको लक्ष्य नारामा मात्र सिमित हुने बताउनु भएको थियो ।
साधारण सभामा वरिष्ट अधिवक्ता एवं संस्थाका सल्लाहाकार पद्मनाथ शर्मा पौडेल, जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिपक गौतम, बहुउद्देश्यीय सहकारी संघका अध्यक्षदुर्गा कुँवर, शेयर सदस्यहरुको तर्फवाट दिपेन्द्रवहादुर थापा, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस, जिल्ला सहकारी संघ लि. बागलुङका पूर्व अध्यक्ष कृष्णशंकर श्रेष्ठ, संस्थाका सल्लाहाकार सकुन्तला शर्मा, बागलुङ सुचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, उद्यमी सदस्य भिमकुमारी श्रीसले मन्तव्य राख्नु भएको थियो ।










सिवाईसि सहकारीको अध्यक्ष चण्डी शर्माको अध्यक्षता ,सहसचिव वेद प्रसाद शर्माको स्वागत र संचालन लेखा समिति सदस्य संगिता शर्माले गरेकी थिईन ।
संस्थाले साधारण सभाकै अवसरमा असल नियमित, कारोवार र आवाधिक बचत कर्ता, उत्कृष्ट उद्यमी सदस्य, उत्कष्ट ऋणी सदस्य, असल बालबचत कर्ता र असल सदस्यहरुलाई सम्मा नगरिएको थियो । भने आजकै दिन संस्थाले १६ जना नयाँ शेयर सदस्य र ६ जना नया ँबालबचतकर्ताहरुलाई संस्थामा स्वागत तथा सम्मान गरेको छ ।
साधारण सभामा संस्थाको तर्फवाट प्रगती प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम संस्थाका सचिव रामवहादुर के.सी., आर्थिक प्रतिवेदन संस्थाका प्रवन्धक नवराजशर्मा र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक पदमपाणी शर्माले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनहरु वन्द सत्रमा व्यापक रुपमा छलफल भई सर्व सम्मतीले पारीत भएको छ ।
बन्द सत्रको कार्यक्रममा संस्थाका शेयर सदस्यएवं प्रदेश सभा सदस्य मणिभद्र शर्मा कँडेलज्यूले आफ्ना भनाईहरु राख्नुभएको थियो ।
सदरमुकाम स्तरमा ११४६ जनाको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता संस्थाकाअध्यक्ष चण्डिप्रसादशर्मा पौडेल स्वागत सह सचिव वेदप्रसादशर्मा र सञ्चालन लेखा समिति सदस्य संगिताशर्मा पौडेलले गर्नुभएको थियो ।



















































































































































































































