महिला हित सहकारी संस्था लिको १७ औ साधारणसभाले १९ करोड कारोबार गरेको छ । स्थापना मिति वि स २०५८ साल बागलुड बजारको गुठीमा २५ जना महिला शेयर सदस्यहरूबाट शुरू यस सहकारीको कुल शेयर पुजी २ करोड ६ लाख पुगेको छ ।यस सहकारीको १७ औ साधारणसभाको उदघाटण प्रमुख अतिथि जेष्ठ नागरिक प्रेम बदन शाक्यले गरेका थिइन ।
कार्यक्रममासल्लाहकार शकुन्तला शर्मा ,नयाँ विश्व डटकमको कार्यकारी सम्पादक मुकेश राजभण्डारी ,सल्लाहकार अशोक गोविन्द राजभण्डारी ,लक्ष्मी जिसि कार्की ,सल्लाहकार काजी रोशन राजभण्डारी ,
जिल्ला सहकारी संघको जिल्ला अध्यक्ष दिपक गौतम ,सांसद तथा सल्लाहकार मन केसी र प्रमुख अतिथि प्रेम बदन शाक्यले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख दिपक राज रेग्मीले महिला हिंसा न्युनिकरण संम्वन्धि प्रशिक्षण दिएका थिए ।महिला हित सहकारीको अध्यक्ष लिला देवी खड्काको अध्यक्षतामा भएको कार्यक्रम स्वागत समितिका सदस्य सन्तु खड्काले र संचालन सचिव शान्ति ज्ञवालीले गरेका थिइन ।
२५ जना शेयर सदस्यबाट शुरू भएको यस सहकारीको हाल ६ सय १४ जना शेयर सदस्यहरू पुगेको छ।६ जनालाई रोजगारी दिएको यस सहकारीले आफ्नो भवन बनाउन वानपा ३ मा १५ हातको घडेरी समेत किनेको छ ।साधारण सभामा उत्कृस्त शेयर सदस्यहरुलाई सम्मान पनि गएिको थियो ,



















































































































































































































