मध्य एशियाली देश भनेर चिनिने ताजिकिस्तानको एक खबरले दुनियाँलार्इ अचम्मित बनाउन सक्छ ।त्यहाँका मुसलमान उलेमा(धर्मगुरु)हरुले आफ्नो साप्ताहिक चन्दा रकम जम्मा गरेर कम्युनिष्ट नेता लेनिनको प्रतिमा सहरको केन्द्रमा लगाएका छन् । लेनिनले सन् १९२२ मा ताजिकिस्तानलाई समेत समेटेर कम्युनिष्ट राज्य सोभियत संघको स्थापना गरेका थिए ।
रेडियो लिबर्टीको ताजिक सेवाको अनुसार तुस सहरको मस्जिदहरुका इमामहरु र खतिबहरुले मस्जिदमा जम्मा भएको पैसाबाट सोभियत कम्युनिष्ट नेताको शालिक सहरको केन्द्रमा सोही स्तम्भमा स्थापित गरेका छन्, जहाँ दुई वर्ष पहिले ढालिएको थियो ।अहिले यो शालिकलाई पुनः पहिलेको यसको सुनौलो रंगले रंगाइएको छ । साथै प्रतिमाको भाँच्चिएको हातको स्थानमा नयाँ हात लगाइएको छ ।
तुस सहरका बासिन्दा महरीनिसो राजाबोवाको भनाइमा यो कार्य इमामहरु आफैंले गरेका हुन् । उनले फ्रिडम रेडियोसँगको कुरामा भने, ‘उनीहरुले आफैँले खराब अवस्थामा रहेको लेनिनको शालिकको मर्मत गरे र शालिक राख्ने स्मारकको वरपर पनि सफाइ गरे । पछिल्लो समय उनी पानीको फोहोराको मर्मत गरिरहेका छन् । ’एक मस्जिदको इमामको फ्रिडम रेडियोसँग कुरा गरे । उनले कुल खर्चको बारे त बताएनन् तर लगभग हरेक मस्जिदले प्रति हप्ता लगभग १०० डलरको चन्दा उठाएको बताए ।
तूस सहरमा लेनिनको यो शालिक १९८० मा सोभियत कालमा स्थापित गरिएको थियो र यो दक्षिण ताजिकिस्तान क्षेत्रमा रहेको सबैभन्दा ठूलो शालिक हुने गथ्र्यो ।सोभियत संघबाट छुट्टिएपछिका कयैन वर्षपछिमा देशमा सोभियतकालिन अधिकाशं शालिकलाई हटाइए । तिनको स्थानमा ताजिक राष्ट्रिय नायकहरुको शालिक लगाइयो । त्यही क्रममा उक्त स्थानमा रहेको लेनिनको प्रतिमा ओवशोरोन गाउँ पु¥याइयो र त्यहाँको गोदाममा थन्काइयो ।
शालिक पुनर्स्थापना गर्नको लागि मस्जिदका इमामहरुले किन पैसा जम्मा गरे स्पष्ट भएको छैन । तर सहरको मुख्य स्तम्भ लगभग दुई वर्षसम्म खाली रहेको थियो र त्यसमा कुनै प्रतिमा लगाइएको थिएन ।यो घटनाको सन्दर्भमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ ।
फ्रिडम रेडियोको वेबसाइटमा एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, “उनीहरु धार्मिक गुरु होइनन्, मूर्ती–पूजक हुन् ।”(मुसलमान धर्ममा शालिक पूजालाई अपराध मानिन्छ ।)अन्य मानिसहरुले यो रकम गरीबको मद्दतमा खर्च हुन सक्थ्यो भनेका छन् ।केही मानिसहरुले ताजिकिस्तानको वर्तमान स्थितिको तुलना सोवियत युगको जीवन शैलीसँग गरेका छन् ।महाजिर नामको एक व्यक्तिले लेखेका छन् “उनीहरुले ठीक गरे । यदी लेनिन हुदैन थिए भने सबै मध्य एशियाली देशहरु अफगानीस्तानजस्तै हुने थिए ।”
केही मानिसहरुले आफ्नो देशको विगत स्वीकार्नुपर्छ भन्ने विचार राखेका छन् । फ्रिडम वेबसाइटमा टिप्पणी गर्ने एक व्यक्तिले भनेका छन्,“ लेनिन हाम्रो देशको पनि नेता थिए कि थिएनन् भन्नेमा प्रश्न हुन सक्छ तर उनी हाम्रो पनि इतिहास हुन् र हाम्रो बच्चाहरुलाई यो बारेमा जानकारी हुनुपर्छ ।”
–बीबीसी
















































































































































































