सधै फरक कामहरु गरी सहकारी अभियानमा आफ्नो छुट्टै पहिचान बनाईरहेको जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले शनिवार देखि आफ्नो केन्द्रिय कार्यालय बागलुङ बजार मार्फत प्रभातकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ ।सहकारीले सदस्यहरुको आवश्यकता र चाहानाई मध्येनजर गर्दै र आफ्ना सेवाहरुलाई विस्तार गर्ने क्रममा केन्द्रिय कार्यालयबाट प्रभातकालीन काउण्टर सेवा सञ्चालनमाल् याएको हो । सहकारीले यस पूर्व नै ३६५ दिने काउण्टर सेवा सञ्चालनमाल् याइरहेको छ । संस्थाका अनुसार प्रभातकालीन काउण्टर सेवा आईतावारदेखि शुक्रवार सम्म (विदाको दिनवाहेक) विहाना ७ बजेबाट सुरुवात हुनेछ । सदस्यहरुलाई यस सेवा अन्तर्गत बचत संकलन र चेकको भुक्तानी सेवा प्राप्त गर्नेछन् ।
संस्थाले दिएको जानकारी अनुसार हाललाई केन्द्रिय कार्यालयबाट सुरु भएको काउण्टर सेवा सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा संस्थाका सदस्य सेवा केन्द्रहरुमा समेत सञ्चालनमा ल्याईने जनाएको छ । संस्थाको यहिभाद्र १६ गते सम्पन्न नवौं वार्षिक साधारण सभाको निर्णय सार्वजनीकी करण कार्यक्रमको अवसर पारी आयोजना गरिएको विहानी सेवाको उद्घाटन संस्थाका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामवहादुर जि.सी र जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतमले संयूक्त रुपमा रिवन काटेर गरेका थिए भने विहानी सेवा सुभारम्भ पश्चता सुरुवात भएको निर्णय सार्वजनीकी करण कार्यक्रमको उद्घाटन जैमीनी नगरपालिकाका प्रमुख एवं संस्थाका शेयर सदस्य ईन्द ्रराज पौडेलले गरेका थिए ।
उद्घाटन पश्चात कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतीथी पौडेलले सहकारी मार्फत नै देशको समृद्धि सम्भव रहेको बताएका थिए । सहकारी संस्थाहरुले स्थानीय स्तरका जनताहरुलाई दिएको वित्तीय र गैर वित्तीय सेवा प्रशंसनीय रहेको बताउदै पौडेलले जमैनी नगरपालिकाले त्यस क्षेत्रका जनताहरुको गरिवी न्यूनीकरण र समृद्धिका लागि त्यहाँ रहेको सहकारी संस्थाहरुसंग सहकार्य गरेर कार्य गर्ने समेत बताएका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामवहादुर जि.सी., जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम, सल्लाहाकार देव वहादुर श्रेष्ठ, जिल्ला स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहाकार गंगा भुजेल, बागलुङ सुचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष बसन्त कुमार श्रेष्ठ, सदस्य सेवाकेन्द्रहरुको तर्फवाट बाटाकाचौर सदस्य सेवाकेन्द्रका संयोजक मदन वहादुर कार्की, परामर्श दाताहरुको तर्फवाट क्या. पदम वहादुर श्रीस राना, नयाँ शेयर सदस्यहरुको तर्फवाट लक्ष्मीकान्त शर्मा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाको सम्पन्न नवौं वार्षिक साधारण सभामा सर्व सम्मतिबाट पारीत भएका निर्णयहरु संस्थाका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले सार्वजनीकीकण गरेका थिए । पौडेलले सहकारी ऐन २०७४ अनुसार नेपालमै पहिलो पटक सिवाईसीले साधारण सभाको निर्णय सार्वजानीकीकरण गर्ने कार्य गरेको दावी गरेका थिए । संस्थाका ८ वटा सदस्य सेवा केन्द्रबाट साधारण सभामा निर्णय प्रमाणितका लागि छनौट भएका ५÷५ जना शेयर सदस्यहरु, सदस्य सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमतिका पदाधिकारी सदस्यहरु , संस्थाका केन्द्रिय सञ्चालक र कर्मचारीहरु उपस्थित रहेको कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्ष उपाध्यक्ष गिता देवी रेग्मीको स्वागत र सचिव रामवहादुर के.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































